सूर्यदर्शन सहकारी ठगी प्रकरण

रवि लामिछानेको थुनछेक बहस सुरू

रवि लामिछानेको थुनछेक बहस सुरू

पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सातजना प्रतिवादीविरुद्ध थुनछेक बहस सुरु भएको छ। कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले सहकारी ठगी प्रकरणका आरोपित लामिछानेसहित अन्य प्रतिवादीको थुनछेक बहस सुरू भएको जानकारी दिए। 

उनले अन्नपूर्णसँग भने, 'सूर्यदर्शन सहकारी ठगीका आरोपित लामिछानेसहित अन्य प्रतिवादीको थुनछेक बहस सुरू भएको छ। सबै प्रतिवादीको थुनछेक बहस सकिएपछि आदेश आउनेछ।'

थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ। आज प्रतिवादी आरती गुरूङको बयान सकिएसँगै थुनछेक बहस सुरु  भएको हो।

यसअघि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ र कृष्णबहादुर गुरुङसँग बयान लिइसकेको थियो। न्यायाधीश नीतिज राईको इजलासमा उनीहरूको बयान सकिएको हो।

अब लामिछानेका कानुन व्यवसायी,जाहेरवालाका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन्। बहस सकिएपछि मात्रै मात्रै उनीहरूलाई  थुनामा पठाउने, धरौटीमा छाड्ने अथवा सामान्य तारेखमा छोड्ने भन्ने आदेश जारी हुनेछ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र  खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।

यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ। 

सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सूर्यदर्शन सहकारी ठगीको मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.