प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन्। सभामुखको सिफारिसमा राष्ट्रपति पौडेले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
सभामुख देवराज घिमिरेले आइतबार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति पौडेलसँग सिफारिस गरेका थिए। प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल,राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
४