वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका-११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेश बहादुर थापा र  नवलपरासीको पूर्व बौदीकाली गाउँपालिका-१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी रहेका छन्। 

पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ र शान्तीले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं सिनामंगलबाट सोमबार र शान्तिलाई काठमाडौं बानियाटारबाट मंगलबार पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.