नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : प्रचण्ड

नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : प्रचण्ड
सुन्नुहोस्

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बताएका छन्।

चितवनको भरतपुर महानगरपालिकाले मेघौलीमा आयोजना गरेको 'भरतपुर भ्रमण वर्ष २०२४' को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उनले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्वपूर्ण प्रयास गरिरहेको बताए। अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताए। अहिले चितवनबाट विदेश जाने क्रम उल्लेख्य रूपमा कम भएको स्पष्ट गर्दै उनले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको बताए।

‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ,' अध्यक्ष प्रचण्डले भने, 'स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमूना देखाउन आवश्यक छ। अबको प्रतिस्पर्धा यसमै हुनुपर्छ।’

चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमूनायोग्य रुपमा भइरहेको उल्लेख गर्दै उनले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताए। अध्यक्ष प्रचण्डले अब चितवन विस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नैपर्ने ठाउँको रूपमा स्थापित हुने बताए। चितवनमा खेल पूर्वाधारका लागि पनि महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उनले खेलप्रति देशव्यापी रूपमा देखिएको युवाहरूको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.