महोत्तरीमा एकैसाथ ३ छात्राले गरे विष सेवन, एक जनाको मृत्यु

महोत्तरीमा एकैसाथ ३ छात्राले गरे विष सेवन, एक जनाको मृत्यु
सुन्नुहोस्

महोत्तरी : परीक्षा बिग्रिएपछि महोत्तरीमा ३ जना विद्यार्थीले एकैसाथ विष सेवन गरेका छन्। बर्दिबास नगरपालिका-१० खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सिरहा धनगढीमाई नगरपालिका-१० घर भएकी १७ वर्षीया रिङ्कु शर्मा, उषा पण्डित र सन्जु यादव विष सेवन गरेका हुन्। जसमध्ये रिङ्कु शर्माको मृत्यु भइसकेको छ। यता उषा र सन्जुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

अचेत अवस्थामा रहेको शर्मालाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबासले जंगली क्षेत्रबाट उद्धार गरी बर्दिबास अस्पताल पुर्‍याएको थियो। उनको अस्पताल ल्याउनुभन्दा अगाडि नै बाटोमा मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ।

तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा हुन्। शिक्षालयले केही दिनअघि लिएको टेस्ट (परीक्षा)मा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका थिए। जसका कारण उनी मानसिक तनावमा आई विष सेवन गरेको अस्पतालमा उपचाररत सन्जुले बताइन्।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताएए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.