नेपाल-भारतबीचको सम्बन्ध कुनै राजनीतिक दलले खडा गरेको होइन : पूर्व राजदूत

नेपाल-भारतबीचको सम्बन्ध कुनै राजनीतिक दलले खडा गरेको होइन : पूर्व राजदूत
सुन्नुहोस्

कपिलवस्तु : नेपाल-भारतबीचको सम्बन्ध कुनै राजनीतिक दलले निर्माण नगरेको पूर्व राजदूत दीप कुमार उपाध्यायले बताएका छन्। भारतका पूर्व नेपाली राजदूतसमेत रहेका उनले दुई देशबीचको सम्बन्ध सदियौंदेखिको भौगोलिक अवस्था, धर्म संस्कृतिका आधारमा चल्दै आएको बताए। 

विश्वेश्वर प्रसाद कोइरालाको लिएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको सम्झनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजदूत उपाध्यायले भौगोलिक अवस्थाका कारण नेपालका लागि चीनको तुलनामा भारत नै हरेक ढंगबाट सहज र सुलभ हुने बताए।

'यो सम्बन्ध दुई देशका नागरिकहरूबाट स्थापित भएको सम्बन्ध हो। भारतसँगको सुमधुर सम्बन्धबाट नेपालले आर्थिक रूपमा ठूलो फड्को मार्न सक्छ। भारतमा रहेका केही प्रतिशत जनसंख्यालाई नेपालमा धार्मिक तथा प्राकृतिक पर्यटनतर्फ आकर्षित गर्न सके नेपालले ठूलो परिमाणमा भारतीय मुद्रा नेपाल भित्र्याउन सक्छ,' नेता उपाध्यायले भने।

  
समय-समयमा हुने दुई देशबीचको आपसी असमझदारीपूर्ण सम्बन्धलाई भने वार्ता र संबादबाट समाधान गरी दुई देश मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.