यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा
काठमाडौं : यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो।
टोलीमा सोनी पाख्रिन, साना प्रविण, ज्योत्सनिका मारासिनी, कुसुम गोदर, अलिशा कुमारी यादव, साबित्री धामी, तृस्ना विक, किरण कुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा, अनु कडात र कृष्मा गुरुङ रहेका छन्।
यु-१९ विश्वकप माघ ५ गतेदेखि मलेसियामा हुँदैछ। समूह डीमा रहेको नेपालले अष्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ।