ओलम्पिक कमिटीलाई कारवाही गर्न माग

ओलम्पिक कमिटीलाई कारवाही गर्न माग
सुन्नुहोस्

काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघले अदालतको फैसलालाई नै अपहेलित गर्ने गरि निर्वाचन गरेको भन्दै ओलम्पिक कमिटीलाई कडा कारवाही गर्न माग गरेको छ ।  आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अदालतको आदेशको अवहेलना गर्ने कमिटी, निर्वाचनमा सहभागी हुने संघहरू र व्यक्तिहरूलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको हो ।

आफ्नो स्वार्थ पूरा गर्नका लागि कमिटीले निर्वाचन समेत नगरी बसेका संघलाई मान्यता दिइ गरेको निर्वाचन कार्यको घोर भत्र्सना गरिएको संघले जनाएको छ । संघका महासचिव दिपक गुरुङले सर्वोच्च अदालतको निर्णयलाई अपहेलित गर्ने व्यक्ति, संघ र कमिटीलाई अदालतको अपहेलना मुद्दासहित कडा भन्दा कडा कारवाही गरि अदालतबाट भएको आदेश कार्यान्वयन गराउन सरकारसँग माग गरेका छन्। 

उनले लोकतान्त्रिक खेलकुद संघ विधिको शासनको विश्वास गर्ने संस्था भएकाले यस्ता गैरअवैधानिक कार्यको सदैव निन्दा र विरोध गर्ने जिकिर गरे।

सर्वोच्च अदालतले तत्कालका लागि ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश दिएपनि कमिटीले निर्वाचन गरेको थियो । यस्तै राष्ट्रिय खेलकुद परिषद राखेपले पनि ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी बनेका २७ खेलकुद संघलाई स्पष्टिकरण सोधेको छ । 

अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आवद्ध २७ संघलाई स्पष्टिकरण सोधेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.