जय ट्रफी एलिट कप : ललितको घातक बलिङले आर्मी १२१ रनमै समेटियो

जय ट्रफी एलिट कप : ललितको घातक बलिङले आर्मी १२१ रनमै समेटियो

वीरगन्ज : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आइतबारदेखि सुरु जय ट्रफी मेन्स एलिट कपको पहिलो दिन वीरगन्जमा भएको खेलमा नेपाल पुलिस क्लबविरुद्ध पहिलो इनिङमा त्रिभुवन आर्मी क्लबले १ सय २१ रन बनाएको छ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ३४.४ ओभरमा अलआउट हुँदै १ सय २१ रनमात्र बनाएको हो। पुलिसका ललित राजवंशीले एक्लैले ७ विकेट लिएपछि आर्मी पहिलो इनिङमा १ सय २१ रनमै सीमित हुन पुग्यो। 

आर्मीका लागि कुशल मल्लले २५ रन, भीम सार्कीले २२ रन, विनोद भण्डारीले २१, बसिर अहमदले १२ रन, सोमपाल कामीले ५ रन र सन्तोष कार्कीले १ रन बनाए। पुलिसका लागि ललितले १४.४ ओभर बलिङ गर्दै एक्लैले ७ विकेट लिए भने रसिद खान, श्रवण यादव र कुशल भुर्तेलले समान एक–एक विकेट लिए।

त्यसपछि आफ्नो पहिलो इनिङको व्याटिङ् थालेको पुलिसले पहिलो दिन १ सय ३ रन बनाएको छ।पहिलो दिनको खेल सकिनुअघि पुलिसले २४ ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको हो। पुलिसका लागि ३४ रन बनाएका गुल्शन झा र १ रन बनाएका प्रेम तमाङ क्रिजमा अविजित छन्। त्यसबाहेक पुलिसका लागि अमित श्रेष्ठले १८ , रसिद खानले १६, शंकर राना १३ र दिलिप नाथले १० रनमात्रै जोडे। कुशल भुर्तेल र अर्जुन साउद भने शून्य रनमै आउट हुन पुगे।

बलिङतर्फ आर्मीका साहब आलम एक्लैले ५ विकेट लिए। ११ ओभर बलिङ गरेका आमलमले ५५ रन खर्चिएर ५ विकेट लिएका हुन्। त्यस्तै सोमपाल कामी र पवन कार्कीले मान एक–एक विकेट लिए। सोमबार दोस्रो दिनको खेल पुलिसले १ सय ४ बाट सुरु गर्नेछ। आइतबार प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए।

रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कप माघ ३ गतेसम्म चल्नेछ। यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप(पिएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच माघ ३ गते  फाइनल खेल हुनेछ। लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.