प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले पोस्टमार्टम रिपोर्ट गलत दिएपछि...

प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले पोस्टमार्टम रिपोर्ट गलत दिएपछि...
सुन्नुहोस्

झापा : प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले दुर्घटनामा परी मृत्यु भएको पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। 

बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्वासी टोल जाने भित्री सडक खण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्कर शनिबार साँझ साढे ६ बजेको समयमा सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए। दुर्घटनापश्चात् दुवै पक्षको सहमतिमा सामान्य उपचारपछि घाइते श्रेष्ठ घर फर्किएका थिए। 

शनिबार बिहान आफ्नै घरको कोठामा सुतिरहेको अवस्था उनी मृत फेला परेका थिए। त्यसपछि प्रहरीको समन्वयमा परिवारले उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए। 

प्रादेशिक अस्पतालका मेडिकल अफिसर डा. केवल कपुरीले मृतकको पोस्टमार्टम गरेका थिए। डा. कपुरीले गरेको पोस्टमार्टममा उनको मृत्यु दुर्घटनाबाट नभई निमोनियाबाट भएको रिपोर्ट दिएपछि आफन्त तथा परिवारजन आक्रोशित भएका थिए। 

डा. कपुरीले दिएको रिपोर्ट गलत भएको भन्दै आक्रोशित बनेका उनीहरूले आइतबार बेलुका ५ बजे अस्पतालको लापरबाही भएको भन्दै विरोध जनाएका थिए। दुर्घटनामा घाइते भएर मृत्यु भएका व्यक्तिलाई निमोनियाबाट मृत्यु भन्नु डा. कपुरीको लापरबाही भएको बिर्तामोड नगरपालिका– ८ नम्बर वडाध्यक्ष अजय कार्कीले आक्रोश व्यक्त गरे। 

पोस्टमार्टम रिपोर्ट नसच्याएसम्म शव नबुझ्ने र शव अस्पताल परिसरमै राखेर आन्दोलनमा उत्रिने उनको भनाइ छ। मृतकको शव अस्पतालको जिम्मामा रहेको जनाइएको छ। सुरु पोस्टमार्टम गर्ने डाक्टरले पूर्ण रूपमा जाँच नगरी त्यस्तो रिपोर्ट दिएको हुनसक्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले बताए। 

विवाद उत्पन्न भएपछि पुनः शवको पोस्टमार्टम गर्न मेडिकल अफिसर डा. मनोज साहलाई पठाएको उनले बताए। भोलि बिहान दुर्घटनाबाट मृत्यु भएको रिपोर्ट प्रहरीलाई उपलब्ध गराइने उनको भनाइ छ। श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ। दुर्घटना गराउने मोटरसाइकल र मोटरसाइकल चालक बिर्तामोड–८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.