तीनपोखरी कप फुटबल प्रतियोगिता पुस २६ देखि, खेलाडीको एक लाख बिमा

तीनपोखरी कप फुटबल प्रतियोगिता पुस २६ देखि, खेलाडीको एक लाख बिमा
सुन्नुहोस्

खाँदबारी : दोस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता पुस २६ बाट सङ्खुवासभाको खाँदबारीमा सुरु हुने भएको छ। तीनपोखरी समाज विकास क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सशस्त्र प्रहरी बल पकली कोशी प्रदेश सहित आठ टिमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।  

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ। त्यसैगरी उपविजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए। प्रतियोगितामा सशस्त्र प्रहरी बल पकली, बुल्स ११ भौसाबारी मोरङ, चुचाचुली स्पोटिङ क्लब दमक झापा, खाँदबारी युथ क्लब सङ्खुवासभा सहभागी रहने छन्। 

त्यसैगरी सङ्खुवासभाका अरुण उपत्यका सामुदायिक विकास क्लब (एडभान्स), मकालु फ्रेन्डस क्लब, सित्तलपाटी फुटबल क्लब र आयोजक तीनपोखरी समाज विकास क्लब खेलमा सहभागी हुने छन्। प्रतियोगिता माघ १ सम्म खाँदबारी रंगशालामा सञ्चालन हुने छ। 

खेलाडीको सुरक्षाका लागि प्रत्येक खेलाडीको एक लाख रुपैयाँ स्वास्थ्य बिमा गरिने तीनपोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईंले जानकारी गराए। प्रतियोगितामा सहभागी हुने खेलाडीहरू खेलको समयमा घाइते हुँदा उपचारमा समस्या हुने भएको हुँदा उनीहरूको बिमा गर्न लागिएको अध्यक्ष चापागाईंले बताए। खेलमा सहभागी प्रत्येक खेलाडीको स्वास्थ्य बिमा आयोजकले गर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.