सीआईबीको प्रहरी हुँ भन्दै सुन लुटपाट

सीआईबीको प्रहरी हुँ भन्दै सुन लुटपाट
सुन्नुहोस्

काठमाडौं : काभ्रेपलाञ्चोक घर भएकी सोनु लामा (नाम परिवर्तन) केही दिनअगाडि दुबईबाट नेपाल आइन्।

दुबईमा नै काम गर्ने लामाले नेपाल फर्कंदा लिक्विड अवस्थामा रहेको सुन साथमै ल्याएकी थिइन्। यसका लागि उनले महिनावारी हुँदा लगाउने प्याडको प्रयोग गरेकी थिइन्। प्याड आकारको तरल अवस्थामा रहेको ४३६.१० ग्राम सुन विमानस्थलमा सुरक्षा चेकजाँचमा पनि सजिलै पास भयो। सुरक्षाका लागि बसेका प्रहरीले उनले ल्याएको सुन थाहा पाएनन्। 

जब सुन लिएर उनी एक ट्याक्सी बुक गरी घर जाँदै थिइन्। उनलाई मोटरसाइकलमा आएका केही व्यक्तिले पछ्याए। उनी चढेको ट्याक्सीलाई रोकी आफूहरू सीआईबीको प्रहरी हौं भन्दै डर त्रासमा पारे। यसरी उनलाई प्रहरी भनेर तर्साउने तीन जनाको समूह थियो। नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी अनिता भन्ने ३२ वर्षीया मिनसाङ लामा र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लालबहादुर तामाङले उनलाई डर त्रासमा पारी उनीसँग भएको सुन लिएर फरार भए। 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता काजीकुमार आचार्यका अनुसार अहिले त्यो सुन लुट्ने तीन जना पक्राउ परेका छन्। यीमध्ये नुवाकोटका सुजन नेपाली पूर्वप्रहरी हुन्। उनी केही समयअघि नेपाल प्रहरीबाट बर्खास्त भएका थिए। उनकै योजनामा सुन लुटिएको प्रहरीको अनुमान छ। ती महिलाबाट सुन हत्याउनका लागि उनीहरूले गरेको तिकडम भने अचम्मलाग्दो छ। सुजनले सुनसहित आएकी महिलालाई आफू सीआईबीको प्रहरी भएको बताएका थिए। यसका लागि उनले आफ्नो पुरानो आईडी कार्ड देखाएका थिए। महिलालाई विश्वास दिलाउन उनले नजिकैको प्रहरी कार्यालयमा जाने भन्दै प्रहरी वृत्त ठिमी पुर्‍याएका थिए।

ठिमी वृत्तको गेटमा एकजना महिला प्रहरी ड्युटीमा थिइन्। रातिको समयमा पुगेका सुजनको समूहले त्यही पुरानो आईडी देखाएर ती महिला प्रहरीलाई समेत झुक्याएका थिए। ‘सीआईबीको प्रहरी हौं’ भन्दै सुन ल्याउने महिलालाई चेकजाँच गर्न त्यहाँँ कार्यरत एकजना महिला प्रहरीलाई आदेश दिएका थिए। चेकजाँचको क्रममा सुन ल्याउने महिलाको साथबाट तरल अवस्थाको सुन नियन्त्रणमा लिइएको थियो।

चेकजाँचपछि दुबईबाट आउने महिलालाई सीआईबीमा लैजान्छौं भनेर उनीहरूले ट्याक्सीमा लगेर बीचबाटोमा सुन लुटेर छाडेका थिए। प्रहरीले थाहा पाएर सुन बरामद गर्‍यो भनेर सुन ल्याउने महिला घटनाका विषयमा चुपचाप बसेकी थिइन्। ठिमी वृत्तको महिला प्रहरीले अर्को दिन घटनाका विषयमा जानकारी गराएपछि यो घटना बाहिरिएको थियो। 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता काजीकुमार आचार्यले दुबईबाट अवैध सुन ल्याउने व्यक्तिको खोजी भइरहेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.