सागर उत्कृष्ट निर्णायक

सागर उत्कृष्ट निर्णायक
सुन्नुहोस्

काठमाडौं : नेपालका सागर गुभाजु अमेरिकाको न्युजर्सीमा आयोजना भएको मेट्रो ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा वर्षका उत्कृष्ट निर्णायक घोषित भएका छन्। 

च्याम्पियनसिपमा सहभागी करिब चार दर्जन निर्णायकमध्ये सागर राष्ट्रिय निर्णायकतर्फ उत्कृष्ट ठहरिएका हुन्। यूएस तेक्वान्दोको वार्षिक कार्यक्रमअन्तर्गत जनवरी ४ देखि ६ तारिखसम्म सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न मुलुकका पाँच सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

सागरले केही समयअघि लस भेगास अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जितेका थिए। अमेरिकामा सागरले जितेको त्यो पाँचौं स्वर्ण हो। यसअघि उनले दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता, डालास ओपन, नेसनल क्यापिटल ओपन र एसियन अमेरिकन सेलेब्रेसन ओपनमा स्वर्ण पदक जितेका थिए। 

नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सागरले तेक्वान्दोको वल्र्ड च्याम्पियनसिप र वल्र्ड मिलिट्री गेम्समा पनि सहभागिता जनाइसकेका छन्। सागरले सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका थिए। पछिल्लो समय अमेरिकामा रहेका उनले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल रेफ्रीजर्जको भूमिका पनि निर्वाह गर्दै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.