क्रिकेटर अनिल र अरनिकोलाई पचरौता नगरपालिकाको सम्मान

क्रिकेटर अनिल र अरनिकोलाई पचरौता नगरपालिकाको सम्मान
सुन्नुहोस्

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्सका खेलाडी अनिलकुमार साह र अरनिको यादवलाई पचरौता नगरपालिकाले सम्मान गरेको छ। नगर प्रमुख जलन्धर सिंहले खेलाडी अनिल र अरनिकोलाई जनही ५० हजारसहित सम्मान गरेका हुन्।

अनिल बाराको कलैया र अरनिको पचरौताका हुन्। क्रिकेटको माध्यमबाट बारा र पचरौतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै नगरपालिकाले दुवै खेलाडीलाई सम्मान गरेको हो। 

खेलाडीलाई सम्मान गर्न पचरौताले विशेष कार्यक्रमको आयोजना गरेको थियो। सो क्रममा नगरपालिकाले एनपीएलको ट्रफीसहित खेलाडीलाई नगर परिक्रमा समेत गराएको थियो। नगर परिक्रमामा नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीयबासिन्दा, खेलाडीलगायत सहभागी थिए। 

अभिनन्दन समारोहमा नगर प्रमुख सिंहले एनपीएलको प्रथम संस्करणको विजेता टोलीका महत्वपूर्ण खेलाडीलाई सम्मान गर्न पाउँदा आफू हर्षित रहेको बताए। खेलाडीको हौसला बढाउनका निम्ति पनि नगरपालिकाले अभिनन्दन कार्यक्रमको आयोजना गरेको नगर प्रमुख सिंहको भनाइ थियो। 

अभिनन्दन कार्यक्रममा नगरपालिकाका प्रवक्ता लक्ष्मी यादव, प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडाध्यक्ष बनारसी विन, धेनुक राउत कुर्मी, मकबुल मियाँ, प्रेम चौधरी, गगनदेव यादव, शिक्षा संयोजक पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेशकुमार सिंहलगायत उपस्थित थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.