वीरगन्जमा आयोजित ‘एकताका लागि दौड’ म्याराथनमा खातुन र साह प्रथम

वीरगन्जमा आयोजित ‘एकताका लागि दौड’ म्याराथनमा खातुन र साह प्रथम
सुन्नुहोस्

वीरगन्ज : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा वीरगन्जमा शनिबार आयोजित रन फर युनिटी (एकताका लागि दौड) म्याराथनमा छात्रातर्फ वीरगन्ज–२३ की कल्सुन खातुन प्रथम भएकी छन्। यस्तै वीरगन्ज–१४ की प्रीति पटेल द्वितीय र वीरगन्ज–११ की सरिता भूलले तृतीय भएकी छन्।

प्रतियोगितामा छात्रतर्फ वीरगन्ज–१६ का अमरनाथ साह प्रथम, बाराको कोल्हबीका रुपेश माझी द्वितीय र कोल्हबीकै रोहन माझी तृतीय भएका छन्। वीरगन्ज महानगरपालिकाको सहयोगमा इम्प्रुभीङ् वीरगन्जले आयोजना गरेको ५ किलोमिटर दूरीको म्याराथनमा छात्रातर्फ प्रथम हुन सफल वीरगन्ज–२३ की  कल्सुनलाई कप र मेडलसँगै टेक्नो कम्पनीको एक थान मोबाइल सेट तथा निखिल ज्वेलर्सका तर्फबाट नगद ५ हजार पुरस्कार प्रदान गरियो। यस्तै उनले तीन महिनासम्मका लागि व्लर्डलिंकबाट निःशुल्क वाईफाई सेवापनि प्राप्त गरेकी छन्।

छात्रातर्फ द्वितीय भएकी वीरगन्ज– १४ की प्रितिलाई टेक्नोको १ थान मोबाइल फोनसँगै रोट्रयाक्ट क्लबका तर्फबाट नगद दुई हजार रुपैयाँ तथा वल्र्डलिंकबाट बोट स्पिकर तथा तृतीय भएकी सरितालाई टेक्नाको एक थान स्मार्ट मोबाइल फोन, रोट्रयाक्ट क्लबका तर्फबाट नगद एक हजार रुपैया र व्लर्डलिंकबाट एअरपड्स प्रदान गरियो।

यता छात्रतर्फ प्रथम, द्वितीय र तृतीय भएका छात्राहरूलाई पनि विजेता छात्राहरु सरहकै पुरस्कार प्रदान गरिएको थियो। वीरगन्जको शंकराचार्य प्रवेशद्वारबाट सुरु भएको म्याराथनमा चार हजार छात्रछात्राहरू सहभागी भएका थिए। म्याराथनको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए। म्याराथनको समापन समारोहमा पनि मेयर सिंहले नै विजेता छात्र छात्राहरूलाई पुरस्कार प्रदान गरेका थिए।

सबै धर्म,जात समुदाय र धर्मबीच एकताको सन्देश दिन वीरगन्जमा पाँचौ पटक रन फर युनिटी (एकताका लागि दौड) म्याराथन आयोजना गरिएको इम्प्रुभीङ् वीरगन्जका अध्यक्ष सरन गुप्ताले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.