हुम्लामा ८ वर्षमा सवारी दुर्घटनाबाट २४ मृत्यु
हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। ८ वर्षको अवधिमा १५ सवारी दुर्घटना भएका छन्। उक्त अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा १६ जना पुरुष,५ जना र ३ जना बालबालिका रहेका छन्।