प्री ओपन सेसनमा नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक १६.५८ अंकले बढेर २६५१.६७ विन्दुमा अडिएको छ।
यो समयमा ७१ स्क्रिप्सको २७ हजार ५८६ कित्ता सेयर १ करोड ७४ लाख ८५ हजार ३८४ रुपैयाँमा खरिदबिक्री भए।
प्री ओपन सेसनमा ३९ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो । बाँकी ८ वटा स्टक्सको मूल्य भने स्थिर रहयो।