कांग्रेस बैठक

गगन थापाले भने : सहमतिमै अध्यादेश आएको हो, चर्चा परिचर्चा आवश्यक छैन

गगन थापाले भने : सहमतिमै अध्यादेश आएको हो, चर्चा परिचर्चा आवश्यक छैन
फाइल तस्बिर ।

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले सहमतिमै अध्यादेश ल्याएकाले चर्चा परिचर्चा गर्न आवश्यक नभएको जनाएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशको बारेमा जानकारी गराएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए।

थापाले पार्टीसँग छलफल भएरै अध्यादेश आएको बताएका थिए। चौधरीले भने,‘अध्यादेशको विषयमा कुरा भयो। अध्यादेश ल्याएको कुरा महामन्त्री गगनकुमार थापाले जानकारी गराउनुभयो। सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो, पोजेटिभ कुरा भयो, यसमा चर्चा परिचर्चा गर्ने कुरा भएन। ’

उनले सहमतिमा अध्यादेश आएकाले विस्तृत छलफल नभएको उल्लेख गरे। गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश,आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट जारी भएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.