निराशा चिर्ने गरी काम गर्न मन्त्री दाहालको निर्देशन

निराशा चिर्ने गरी काम गर्न मन्त्री दाहालको निर्देशन
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागरिकमा रहेका निराशा चिर्ने गरी कार्य सम्पादन गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

अहिलेको सरकार मुख्य ठूला दलहरू समेतको गठबन्धनमा बनेकाले यो स्थिर सरकार भएको समेत उनले जनाएका छन्। स्थिर र बलियो सरकार भएकाले यसबाट नागरिकमा बढि अपेक्षा भएकाले ती अपेक्षा पूरा गर्ने ढंगबाट काम गर्न पर्नेमा उनले जोड दिए। 

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं अन्तर्गतका कार्यालयहरूको आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यशालालाई बिहीबार काठमाडौंमा सम्बोधनका क्रममा उनले अवरुद्ध र रोकिएका योजनाहरूलाई समेत तीव्रता दिन निर्देशन दिए। सरकारको कार्यसम्पादनको प्रतिविम्ब सरकारी कार्यालय र कर्मचारीहरूको सेवा प्रवाहमा झल्कने भएकाले लक्ष्य पूरा हुने ढंगबाट कार्यसम्पादनको गति बढाउन समेत जोड दिए। नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिको प्रयोग गरेर समेत निर्माण कार्यलाई तीव्रता दिनु पर्ने उनको भनाइ छ। 

लामो समयसम्म योजनाहरू अवरुद्ध हुने, कतिपय अलपत्र हुने तथा बिचैमा रोकिने जस्ता कुराले नागरिकलाई निराश बनाउने भएकाले पूर्वाधार निर्माण क्षेत्रमा रहेका अवरोधहरूको पहिचान गरी समाधान तर्फ लाग्न समेत उनको आग्रह छ। नीतिगत तथा कानुनी समस्याले निर्माण क्षेत्रलाई अवरुद्ध पाएको भएमा नीतिगत सुधारका लागि मन्त्रालयले भूमिका निर्वाह गर्ने भएकाले सकारात्मक लक्ष्य र उद्देश्य राखेर निर्भयता पूर्वक कार्यक्षेत्रमा खटिन उनले निर्देशन दिए। 

मन्त्रालयका सचिव केशवकुमार शर्माले सबै कार्यालय तथा आयोजनाहरूले राखेका लक्ष्य पूरा गर्ने गरी कार्यसम्पादनको गति बढाउन निर्देशन दिए। यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले निर्माणका क्षेत्रमा देखिने बेरुजू न्यूनीकरण गर्दै लक्ष्य हासिल गर्न निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.