सोलुको भीरमा खसेका जर्मन नागरिकको उद्दार
काठमाडौं : सोलुखुम्बुको भीरमा खसेका जर्मन नागरिकको सकुशल उद्दार गरिएको छ। सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-२ टोकटोक र बैंकरबीचको जंगलको भीरमा खसेका ४१ वर्षीय MICHAEL HEINRICH को उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
उनी सगरमाथा आधार शिविर भ्रमण गरी लुक्लातर्फ फर्कने क्रममा बाटो बिर्सिएर खच्चड हिँड्ने पुरानो बाटोमा जाँदा चिप्लिएर भीरमा खसेका थिए। प्रहरी चौकी नाचिपाङबाट गएको प्रहरी टोली र स्थानीयहरूको सहयोगमा उनको उद्दार गरिएको हो।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।