बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु

बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु भएको छ। बंगलादेशको विमानबाट बिहीबार बिहान विमानस्थल ओर्लिने वित्तिकै उनी सिकिस्त भएका थिए।

३० वर्षीय चिनियाँ नागरिक  बिन लिन स्याङ बेहोस भएपछि विमानस्थलमा रहेका आकस्मिक चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए। विमानस्थलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो। तर,अस्पताल ल्याइ पुर्‍याउनुअघि नै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

उनको मृत्युको कारण भने खुलेको छैन।

आगमन अनुमति लिनुअगाडि नै उनी गम्भीर बिरामी परेका थिए। विमानस्थल स्रोतका अनुसार घटनाबारे नेपालस्थित चिनियाँ दूतावासमा समेत खबर गरिएको छ। उनी आनहुई प्रान्तका हुन्।


 

यो पनि पढ्नुहोस


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.