काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै चिनियाँ नागरिक बेहोस

काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै चिनियाँ नागरिक बेहोस
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै एक चिनियाँ नागरिक सिकिस्त बिरामी परेका छन्। विमानमै असहज महशुस गरेका उनलाई ह्विल चियरबाट आगमन कक्षसम्म ल्याइएको थियो।

उनी बंगलादेशको विमानबाट बिहीबार बिहान काठमाडौं आएका हुन्। आगमन अनुमति लिनुअगाडि नै उनी गम्भीर बिरामी परेका थिए। स्रोतका अनुसार उनी अहिले बेहोस अवस्थामा छन्। 

३० वर्षीय ती चिनियाँ नागरिकको विमानस्थलमा रहेका आकस्मिक चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन्। स्रोतका अनुसार उनको अवस्था अत्यन्तै नाजुक रहेको छ।

विमानस्थल स्रोतका अनुसार उनका बारेमा नेपालस्थित चिनियाँ दूतावासमा समेत खबर गरिसकिएको छ। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.