रास्वपाका केन्द्रिय सदस्य थापा अमेरिकामा पक्राउ

रास्वपाका केन्द्रिय सदस्य थापा अमेरिकामा पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई एक साता अगाडि पक्राउ गरेको हो।

नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन्। 

रास्वपाका एक पदाधिकारीले पनि अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको जानकारी गराए। उनका अनुसार पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ।

रास्वपाका सदस्य थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको भन्दै विवादमा आएका थिए। लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दै आएको थियो। रास्वपाका तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाइदिने भन्दै थापाले पैसा मागेको दाबी गरेका थिए। थापाले लामिछानेको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना सार्वजनिक हुँदै आएका छन्।

अमेरिकामा पक्राउ परेको घटना सार्वजनिक भएपछि भने पार्टीले औपचारिक रुपमा उनीबारे कुनै निर्णय लिएको छैन। मेरील्याण्ड बाल्टिमोरमा बस्दै आएका उनी बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) का संस्थापक अध्यक्ष हुन्। थापा यस अगाडि पनि मेरील्याण्डमा सवारी लाइसेन्स दुरुपयोग अभियोगमा जेल बसेका व्यक्ति हुन्। स्रोतका अनुसार थापासँग ग्रीन कार्ड छ। उनीसँग ग्रीन कार्ड भएपनि रास्वपा केन्द्रीय सदस्य बनेका थिए।

ग्रीन कार्ड भएको व्यक्ति लामो समय अमेरिका बाहिर बस्दा अध्यागमनले सोधपुछ गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.