बेलबारी क्याम्पसमा क्रान्तिकारीका कपिल विष्ट विजयी

बेलबारी क्याम्पसमा क्रान्तिकारीका कपिल विष्ट विजयी
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी विजयी भएको छ। शनिबारको निर्वाचनबाट क्रान्तिकारीका कपिल विष्ट विजयी भएका हुन्। 

विष्टले अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतले पराजित गरेका छन्। विष्टले १ सय ९५ र पोखरेलले १ सय ६१ मत ल्याएका छन्। स्ववियुको सचिवमा भने अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन्। कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन्।

बेलबारी क्याम्पसमा अघिल्लो पटक नेविसंघको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको थियो। आन्तरिक विवादको कारण यसपटक भने नेविसंघले संगठन नै दर्ता गर्न सकेन।

बेलबारी बहुमुखी क्याम्पसहित मोरङका ११ क्याम्पसमध्ये क्रान्तिकारीले ३ आंगिकसहित ६ वटामा जित निकालेको छ। क्रान्तिकारीले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङ क्याम्पस जितेको छ। नेविसंघ ३ र अनेरास्ववियु २ वटा क्याम्पसमा विजयी भएको  छ। सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी हुँदा नेविसंघले लेटाङ क्याम्पस जितेको छ। उर्लाबारी र पथरी क्याम्पसमा भने सबैको सहमतिमा नेविसंघको अध्यक्ष निर्वाचित भएको थियो।               

बेलबारी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको मतपरिणाम २०८१ खसेको मत - ३७१ : अध्यक्ष पद 

१. प्रशान्त पोख्रेल  - १६१
२. कपिल विष्ट - १९५ (विजयी)
         

सचिव पद 
१. अर्जुन कोइराला - १८३ (विजयी)
२. दिपेन्द्र राई - १७०
         

कोषाध्यक्ष पद 
१. शंकर थापा - १६८
२. नवराज थापा - १८२ (विजयी)
           

सदस्य पद 
१. मनिका विष्ट - १४७
२. निराजन प्रसाई - १६३
३. विनु भण्डारी - १५३
४. शुभहाङ राई - १३८
५. दिलाशा बस्नेत - १२८
६. हिमाल आले नगर - ८७
७. सोहन लिम्बू -  १७९ (विजयी)
८. ओम प्रतीक चौधरी - १६७ (विजयी)
९. विक्रम तामाङ - १६८ (विजयी)
१०. निकेश सुवेदी - १७६ (विजयी)
११. सलन राई - १७४ (विजयी)
१२. सुस्मिता थापा - १६५ (विजयी)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.