अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
अर्घाखाँची : अर्घाखाँचीकाे भुवनपाटामा बेलुका भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। १५ जना भन्दा बढी घाइते भएका छन्।
शितगंगा नगरपालिका २ सितापुरकाे भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक विष्णुप्रसाद पाैडेलले बताए।
घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ। अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !