सुनको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार कायम भएको छ।
यो मूल्य हालसम्मकै उच्च हो। यसअघि अघिल्लो बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो।
आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ। चाँदी एक तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !