इलामको बेरुजु ३९ प्रतिशतले घट्यो

इलामको बेरुजु ३९ प्रतिशतले घट्यो
सुन्नुहोस्

बेरुजु घटाउन इलामको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका तथा माईजोगमाई गाउँपालिकाले योगदान गरेका छन्।

इलाम : महालेखापरीक्षणको कार्यालयले बुधबार सार्वजनिक गरेको वित्तीय लेखापरीक्षणको ६२औं प्रतिवेदनले इलामको सन्दकपुर गाउँपालिका जिल्लाका १० स्थानीय तहमध्ये कम बेरुजु भएको पालिकामा परेको देखाएको छ । 

गत वर्षको भन्दा ९२ दशमलव ५ प्रतिशत कम बेरुजु देखिएको सन्दकपुर गाउँपालिकाको टाउकोमा यस वर्ष ४२ लाख ५८ हजार मात्र बेरुजु देखिएको छ । सो पालिकामा गत वर्ष ५ करोड ७२ लाख २८ हजार बेरुजु रहेको थियो । 

सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव राउतका अनुसार पालिकामा अहिले देखिएको बेरुजु नियमित गर्नुपर्ने बेरुजु मात्रै हो । उनले भने ‘यो सबै कार्यपालिकाले निर्णय गर्दा सकिन्छ ।’ उनले ऐन, नियम, निर्देशीकाको पालन गरेर विधि अनुसार काम गर्दा बेरुजु नियन्त्रण गर्न सकिने बताए । 

उनले यसै वर्ष बेरुजु शून्यमा झार्ने लक्षसहित काम गरे पनि सम्भव नभएको सुनाए । उनले भने ‘आगामी वर्ष बेरुजु शून्य पार्ने बाटोमा थप प्रयास गर्ने छौं ।’ 

इलामको मालपोत कार्यालयमा बस्दा मालपोत कार्यालयको सुधारका लागि महत्वपूर्ण काम गरेको उनले जिल्ला प्रशासन कार्यालयमा पनि ‘सरकारी अड्डा’लाई ‘जनमैत्री’ बनाउने प्रयास गरेका थिए । उनले भने ‘मालपोत वा जिल्ला प्रशासनमा एकल निर्णय चल्ने भएपनि यहाँ समन्वय र सहकार्यले भूमिका खेल्दो रहेछ ।’

उनले २०७४ देखिको पालिकाको करिब १६ करोड बेरुजु पनि आधाभन्दा बढी घटाएको जानकारी दिए । उनले भने ‘कर्मचारी र जनप्रतिनिधिको सकारात्मक प्रयास भएमा बेरुजु शून्य बनाउन सकिने रहेछ ।’

इलामको बेरुजु ३९ प्रतिशतले घट्यो 
इलामका स्थानीय तहको बेरुजु गत वर्षको भन्दा ३९ दशमलब ६७ प्रतिशतले बेरुजु घटेको छ । बेरुजु घटाउन इलामको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिकाले योगदान गरेका छन् । 

इलामको मांसेबुङ गाउँपालिकाले गत वर्षको भन्दा यस वर्ष ५२५ प्रतिशत बढी बेरुजु आर्जन गरेको छ । गत वर्ष ४० लाख ७४ हजार बेरुजु रहेको गाउँपालिकामा यस वर्ष २ करोड ५४ लाख ६४ हजार बेरुजु देखिएको छ । इलामको सूर्योदय नगरपालिका गत वर्षको तुलनामा यस वर्ष बेरुजुको बोझ बोक्ने दोस्रो पालिका बनेको छ । गत वर्ष १७ लाख ७१ हजार बेरुजु भएको सूर्योदय नगरपालिकाको यस वर्ष ६१ लख ७९ हजार बेरुजु देखिएको छ । 

यसैगरी माई नगरपालिकाले गत वर्षको भन्दा १७७ प्रतिशत बेरुजु थपेको छ । गत आर्थिक वर्ष २ करोड ३४ लाख २५ हजार बेरुजु देखिएको माई नगरपालिकामा यस वर्ष ६ करोड ४९ लाख ७९ हजार बेरुजु देखिएको छ । माई नगरपालिका जिल्लामै सबै भन्दा बढी बेरुजु देखिएको नगरपालिका हो । 

यसैगरी चुलाचुली गाउँपालिकाको गत वर्षको भन्दा ७१ प्रतिशत बढी बेरुजु देखिएको छ । गतवर्ष १ करोड ४१ लाख १४ हजार बेरुजु देखिएको चुलाचुलीमा यस वर्ष २ करोड ४१ लाख ४४ हजार वेरुजु देखिएको छ । सन्दकपुर गाउँपालिका पछि माईजोगमाई गाउँपालिकाले गत वर्षको भन्दा ९२ दशमलव २९ प्रतिशत बेरुजु घटाएको छ । यस वर्ष माईजोगमाईको बेरुजु ८३ लाख ६ हजार छ । गत वर्ष १० करोड ७८ लाख ४८ हजार बेरुजु थियो । इलाम नगरपालिकाले पनि गत वर्षको तुलनामा ५१ दशमलव ४४ प्रतिशत कम बेरुजु आर्जन गरेको छ । गत वर्ष ६ करोड ९६ हजार बेरुजु देखिएको इलामको पुरानो नगरपालिकामा यस वर्ष २ करोड ९१ लख ८० हजार बेरुजु देखिएको छ । 

कृषि र आर्थिक विकासमा प्रयास गरिरहेको रोङ गाउँपालिकाले पनि गत वर्षको भन्दा ५० प्रतिशत कम बेरुजु आर्जन गरेको छ । गत वर्ष रोङ गाउपालिकाको बेरुजु ५ करोड ४० लाख ८७ हजार बेरुजु थियो । यस वर्ष २ करोड ७२ लाख ९१ हजार बेरुजु देखिएको छ । इलामको देउमाई नगरपालिकाले पनि यस वर्ष ३२ दशमलव ३६ प्रतिशत बेरुजु घटाएको छ । गत वर्ष २ करोड ५२ लाख ९६ हजार बेरुजु रहेको देउमाई नगरपालिकाको यस वर्ष १ करोड ७१ लख ८ हजार बेरुजु देखिएको छ । 

फााकफोकथुम गाउँपालिकाले पनि गत वर्षको भन्दा २७ दशमलव ६८ प्रतिशतले बेरुजु घटाएको छ । गत वर्ष २ करोड ४९ लाख ९६ हजार बेरुजु देखिएको फाकफोकथुममा यस वर्ष १ करोड ८० लाख ७६ हजार बेरुजु देखिएको छ । 
इलामका स्थानीय तहको कुल बेरुजु २२ करोड ४९ लाख ८५ हजार रहेको छ । यो गत वर्षको भन्दा ३९ दशमलब ६७ प्रतिशतले कमी हो । गत बर्ष इलामका स्थानीय तहको कुल बेरुजु ३७ करोड २९ लाख ३४ हजार थियो । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.