१ सय ७ किलो गाँजासहित बोलेरो चालक पक्राउ

१ सय ७ किलो गाँजासहित बोलेरो चालक पक्राउ
तस्बिर : अन्नपूर्ण

सिन्धुली : सिन्धुलीमा लागुऔषध गाँजासहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका- ४ रौतहट बस्ने १९वर्षीय गोपाल साह रहेका छन् । शुक्रबार बिहान चार बजेको समयमा प्र.२–०३–००१ च. ५६७१ नं. को पिकअप गाडीमा १ सय ७ किलो गाँजासहित शाहलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता सुर्य प्रकास सुवेधीले जानकारी दिए । 

मदन भण्डारी राजमार्गमाअन्तर्गत हरिहरपुरगढी गाउँपालिका- २ स्थित झनझनेमा प्रहरीले चेकजाँच गर्नेक्रममा सिमेन्टको बोरोमा प्याक गरेको ७ पोको गाँजा प्रहरीले बरामद गरेको थियो । उक्त गाँजाको तौल १ सय ७ किलो ११ ग्राम रहेको बताइएको छ । 

बरामद भएको गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याएर विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.