मटिहानी नगरपालिकाले ल्यायो ४४ करोड ५० लाखको बजेट

मटिहानी नगरपालिकाले ल्यायो ४४ करोड ५० लाखको बजेट

ढल्केवर : महोत्तरीको मटिहानी नगरपालिकाले ४४ करोड ५० लाख बजेट ल्याएको छ। बुधबार नगरपालिकाको १५ औँ नगरसभामा मेयर हरिप्रसाद मण्डलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड ५० लाखको बजेट प्रस्तुत गरेका हुन्।

राजश्व बाडफडतर्फ १० करोड ५ लाख, संघीय सरकारको तर्फबाट २८ करोड १०, प्रदेश सरकारको तर्फबाट १ करोड २६ लाख आन्तरिक श्रोतबाट ५ करोड ९० लाख गरी ४४ करोड ५० लाख बजेट विनियोजन गरिएको मेयर मण्डलले बताए।

नगरपालिकाले व्यवसायिक खेती, पशुपालनतर्फ एक घर एक करेशाबारी कार्यक्रम अन्तर्गत ताजा तरकारी उत्पादन, नगरको व्यवसाय प्रवर्द्धन गर्ने, युवाका लागि रोजगारीको अवसर ल्याउने नीति लिएको उनले बताए।

महोत्तरीको १५ स्थानीय तहहरूमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ।

यसअघि नीति कार्यक्रम प्रस्तुत गर्दै मेयर मण्डलले नेपालको सबै भन्दा पुरानो मटिहानी मठलाई विश्वको सम्पदा सुचीमा सूचिकृतका लागि पहल गर्ने नीति लिएको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.