जटिल बन्दै डेंगु

जटिल बन्दै डेंगु
सुन्नुहोस्

नेपालमा पहिलोपटक डेंगु संक्रमण २००४ मा देखिए पनि संक्रमण फैलिएको र निरन्तर देखिइरहेको सन् २००६ पछि हो। फोहोरमैलाको अव्यवस्था, बसोबास अव्यस्थित, अविरल वर्षा र वातावरण विनाश आदि लामखुट्टे बढ्नमा सहायक कारक हुन। तापक्रम बढ्दा वृद्धि विकास चाँडो, थप संक्रामक, जीवनचक्र छिटो हुने र लामो समय बाँच्ने मौका लामखुट्टेलाई मिलेको छ।

सन् २०२५ सुरु भएयता सरकारका अनेकन् प्रयास बाबजुद आजका मितिसम्म देशका मनाङ, डोल्पा र हुम्लाबाहेक ७४ जिल्लामा ४ हजार ४ सय ७८ जनामा डेंगु पुष्टि तथा २ जनाको मृत्यु भइसकेको छ। हरेक साता २ सय ९० जति र दैनिक ५१ जनामा डेंगु रिपोर्टेड भएका छन्। काठमाडौंलगायतका सहरहरूको बढ्दो जनघनत्व र अव्यवस्थित सहरीकरण, बढ्दो तापक्रम, घरघरमा पानी जम्मा गर्नुपर्ने बाध्यता, वर्षा लामो समयसम्म र प्री—मनसुन, जलवायु परिवर्तन र बाटोको खाल्डाखुल्डी, टायर, कौसीमा पानी जम्मा हुँदा डेंगी बढ्दैछ।

गर्मी मौसम र तराईमा मात्र देखिने डेंगी बाहै्रमहिना र उच्च हिमालीमा पनि देखिन थालेको छ। चिसो मौसममा शून्यमा झर्ने डेंगु विगतका वर्षहरूमा जाडोमा पनि देखा परेपछि स्वास्थ्य प्रणालीमा चुनौती थप्दै गएको छ। 

लामखुट्टेको स्मार्ट आनीबानी
डेंगु विषाणुबाट संक्रमित लामखुट्टे एडिस एजिप्टी र एडिज अल्बोपिक्टसको टोकाइबाट संक्रमण लाग्दछ। तर अल्बोपिक्टसले एक टोकाइमा पेट भर्ने भएकाले यस्को टोकाइबाट त्यति रोग सर्ने र फैलने हुँदैन। कालो रंगको लामखुट्टेमा सेतो थोप्ला वा छिर्केमिर्के रंगको वा बाघजस्तै टाटेपाटे लामखुट्टेले सार्दछ। हुर्कन ५ मिलि जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ। आकार सानो, झट्ट नदेखिने र दिउँसोमा आउने भएकाले आवाज सुनिँदैन। प्याट्ट मार्दा रगत आउँदैन, कालो, फुस्रो धुलोजस्तो देखिन्छ। टोकेपछि शरीरमा चिलाएजस्तो हुने, मसिना बिबिरा आउने, केही समय नराम्ररी चिलाउने तथा कहिलेकाहीँ बिबिरा बढेर ठूला फोका पर्छन्।

सफा पानीमा बढ्ने, फुल पार्ने गर्छ। छतमा राखेको ट्यांकीको पानीमा समेत लामखुट्टे पाइन्छ। लामखुट्टे तीन हप्ता बाँच्छ। प्राय :  बिहान ७ देखि १० र साँझ ३ देखि ५ बजे बढी सक्रिय हुन्छन्। लामखुट्टे अप्राकृतिक भाडा, घरभित्र जमेर बसेको पानी जस्तै एसी, कुलर, खानेपानीको ट्यांकी, फूलदानी, गमला, फालेको टायर, मिनरल वाटरको खाली बोतलजस्ता अप्ठ्यारा ठाउ“मा पाइने गर्दछ। सबैभन्दा खतरनाक त टायर हो जहाँ हरेक पत्रपत्र वा तहतहमा पानी जम्छ। सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई भीआईपी लामखुट्टे पनि भनिन्छ। संक्रमित लामखुट्टेले पारेका फुलबाट उत्पन्न हुने सबै लामखुट्टे जीवनभर संक्रमित रहन्छन्। 

लक्षण
झन्डै ८० प्रतिशतमा गम्भीर लक्षण नदेखिने भएकाले अधिकांशमा संक्रमण भइसकेको र एकपटक संक्रमण भइसकेपछि तुरुन्तै पुन :  संक्रमण नहुने सम्भावना रहन्छ। शरीरमा भाइरस पसेको ५ देखि ८ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आ“खा पाक्ने, रुघाखोकी लाग्ने लक्षणहरू  देखिन्छन्। ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेंगुको त्रिभुज हुन। मुख्य लक्षण नै अत्यधिक शारीरिक पीडा हो। अधिकांश संक्रमितहरू लक्षण लिएर घरघरमा र आफ्नो दैनिकीमा निरन्तर कार्य क्षेत्रमा खटिरहेका छन् जस्लाई ‘वाकि· डेंगु’ भन्न सकिन्छ। 

हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुन सक्ने र मृत्यृदर १ देखि २ प्रतिशत देखिन्छ। ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, साना बच्चाहरू र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउन सक्छ। डेंगु विषाणु संक्रमणको कडा रूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तस्रावका लक्षण देखा पर्छन् जसलाई डीएचएफ भनिन्छ। रक्तस्राव भई रक्तस्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख नीलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्दछ। 

उपचार तथा रोकथाम
डेंगु विषाणुको संक्रमणबाट हुने रोग भएकोले रामवाण औषधि हु“दैन। उपचार लक्षणको आधारमा गरिन्छ। क्लासिक डेंगु सामान्य प्रकारको हो र आफैं निको हुन्छ तथा मृत्यृको सम्भावना रहँदैन। यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु हुन्छ। एस्प्रिन र बु्रफिनजस्ता औÈधि सेवन गर्नु हुँदैन। प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिएर वास्तविक र छिट्टै उपचार गर्दा  लक्षणमा कमी आउनुका साथै रोगका जटिलता र हुने मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ। डेंगुको खोप विकसित देशमा उपलब्ध भए पनि हामीकहा“ छैन। खोपले डेंगीको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ। 

अन्तमा, रोकथाम तथा नियन्त्रण गर्न हरेक साता सबै सरकारी, निजी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य सञ्चालन गर्नपर्छ। जाली भएका ढोका झ्याल, झुलको प्रयोग, पूरा बाहुला भएको लुगा अनिवार्य लगाउने, लामखुट्टेको वृद्धि विकास रोक्ने र टोकाइबाट जोगिन सबै उपाय अपनाउनु पर्छ। सबैको प्रयासले मात्र डेंगी नियन्त्रण गर्न सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.