अविरल वर्षापछि जनजीवन सामान्य बन्दै पर्यटक, सबै सुरक्षित

अविरल वर्षापछि जनजीवन सामान्य बन्दै पर्यटक, सबै सुरक्षित
सुन्नुहोस्

काठमाडौं : असोज १७ गते रातिदेखिको अविरल वर्षापछि आएका बाढी तथा पहिरोका कारण राजमार्ग, सडकमा आवतजावात सहज छैन। देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण नेपाल घुम्न आएका पर्यटक अड्किएका छन्। असोज १९ गतेबाट वर्षा हुन कमी भएसँगै जनजीवन सामान्य बन्दै गएकोले पर्यटक गन्तव्यसम्म पुग्न सक्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्। 

बोर्डका अनुसार नेपाल आएका अधिकांश पर्यटक पदयात्रामा छन्। मनास्लु, अन्नपूर्ण, सगरमाथा र लाङटाङमा पदयात्राका लागि बढी पर्यटक गएका छन्। पोखरा, चितवन र काठमाडौंमा पनि पर्यटक छन्। अहिले करिब २१ हजार पर्यटक नेपालमा भएको प्रमुख कार्यकारी जोशी बताउँछन्। नेपालका विभिन्न स्थानमा रहेका पर्यटक सकुशल रहेको उनी बताउँछन्। अक्टोबर सुरु भएदेखि दैनिक करिब ३५ सयको हाराहारीमा पर्यटक नेपाल आइरहेका छन्, जुन अघिल्ला वर्षको सोही अवधिको तुलनामा बराबर हो। प्रचारप्रसारमा बढी जोड दिएको बोर्डले यो सिजनमा दैनिक ४ हजारभन्दा बढी पर्यटक आउँछन् भन्ने अनुमान भए पनि जेन–जी आन्दोलन र यो मनसुनले केही असर भने गरेको छ। 

‘नेपालमा रहेका पर्यटकको अहिले अवस्था ठीक छ। असोज १८ को वर्षाका कारण सडक र हवाइ यातायात ठप्प हुँदा केही पर्यटक अलपत्र परेका थिए। तिनको व्यवस्थापन गरियो। अहिले सबै सम्पर्कमा र सुरक्षित छन्। सडक यातायात पनि खुलेको छ। बीपी राजमार्गबाहेक अन्य सबै राजमार्ग खुलिसकेका छन्,’ उनले अन्नपूर्णसँग भने। शनिबार दिनभर बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आइतबारबाट खुलेको छ। 

शनिबार भने केही पर्यटक अलपत्र परेका थिए। बाटो बन्दका कारण फसेका पर्यटकलाई सम्बन्धित स्थानका स्थानीय होटल, प्रशासन, स्थानीय समुदायले चर्को मूल्य नलिकन छुटमा र कतिपय स्थानमा नि: शुल्क पनि गाँसबासको व्यवस्था गरेका थियो। यसले अप्ठ्यारो परिस्थितिमा पनि नेपालले पर्यटकलाई सूचना दिने, सहयोग तथा संरक्षण गरेको भन्ने सन्देश गएकाले यसले राम्रो प्रचारप्रसार भएको पनि बोर्डका प्रमुख कार्यकारी सुनाउँछन्। 

जल तथा मौसम विभागको भारी वर्षाको सूचनापछि बोर्डले पर्यटक सुरक्षाका लागि अपनाएका उपायले ठूलो क्षति नभएको बताएको छ। बोर्डले पदयात्रा लैजाने ट्रेकिङ एजेन्सीहरूमार्फत विपद्को सूचना प्रवाह गरेका जनाएको छ। यस्तै, जोमसोम, नाम्चे, लुक्ला, गोरखा, पोखरालगायत मुख्य पर्यटकीय स्थानहरूमा पर्यटक प्रहरीको शाखाबाट पनि सूचना प्रवाहको व्यवस्था गरेको छ। अर्को भनेको बोर्डको सामाजिक सञ्जालबाट पनि हटलाइन नम्बर दिएर समन्वय गरिरहेको जोशीले बताए। ‘पर्यटक, पर्यटक पठाउने एजेन्सी र पर्यटक प्रहरीका फोन कलहरूबाट पनि सूचना लिएर प्रवाह गरिरहेका छौं,’ उनले भने।

लगातारको वर्षाले १ विदेशी र ५ नेपाली सम्पकविहीनलगातारको वर्षाका कारण १ विदेशी र ५ नेपाली सम्पर्कबिहीन भएका छन्। नेपालमा पदयात्राका लागि आएका १ कोरियन नागरिक र उनका सहयोगी पेम्बा शेर्पा सम्पर्कविहीन भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए। ताप्लेजुङमा रहेको मिरापिक हिमाल आरोहणका लागि गएका उनीहरूको खोजी र उद्धार कार्य जारी रहेको बताइएको छ। यस्तै, लाङटाङ पदयात्राका लागि हिँडेका ४ नेपाली हराइरहेको र उनीहरूको पनि खोजी तथा उद्धारको कार्य भइरहेको बोर्डले जनाएको छ।

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर सिजन आन्तरिक तथा बाह्य पर्यटक बढ्ने समय हो। काठमाडौं, पोखरा, चितवनसँगै विभिन्न स्थानमा पदयात्राका लागि यो समय उत्तम मानिन्छ। तर, अहिले आन्तरिक तथा बाह्य पर्यटक पर्ख र हेरको अवस्थामा रहेका छन्। निरन्तरतको वर्षा, बाढी, पहिरोले त्रासको वातावरण बनाए पनि केही दिनमै ठिक हुने बोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.