नयाँ सरकारले शान्ति सुरक्षा कायम गर्नुपर्नेमा अराजकतालाई प्रसय दिइरहेको छ : एमाले
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखेरलले नयाँ सरकारमा रहेकाले शान्ति सुरक्षा कायम गर्नुपर्नेमा अराजकतालाई प्रशय दिइरहेको बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले समाज असुरक्षा र भय र आतंकित अवस्थामा बाँच्नुपरेको दाबी गरेका हुन्।
जेनजी पुस्ताको नाममा नेपालका ऐतिहासिक सम्पदा ध्वस्त गर्ने, हतियार लुटपाट गर्ने काम भएको उनको भनाई छ। अहिले जेनजीको सरकार आइसके पनि सामाजिक सञ्जाल दुरुपयोग भइरहेको उनको भनाई छ। उनले एमालेको सरकारले सामाजिक सञ्जाल बन्द नभई उनीहरूलाई नेपालमा दर्ता गराउन र करको दायरामा ल्याउन मात्र खोजेको उनको दाबी छ।
पोखरेलले भने, ‘२३ गतेको आन्दोलन एउटा सामाजिक सञ्जाल खुला गर्नुपर्ने र दोस्रो माग भ्रष्टाचार अन्त्य हुनुपर्ने। हाम्रो पुस्ता साइबर र सोसल मिडियामा उनीहरुको लगाब छ। तर सरकारले सामाजिक सञ्जाल बन्द गरेको थिइन। सोसल मिडिया दूरुपयोग भइरहेकाले उनीहरुलाई नेपालमा दर्ता गर्न खोजेको थियो। तर भ्रम सिर्जना गरेर युवालाई उत्तेजित बनाइयो। त्यो आन्दोलनमा पनि ३४ प्रतिशत फेक एकाउन्ट बनाएर आन्दोलनलाई उत्तेजक बनाउन भूमिका खेलेको अन्तर्राष्ट्रिय रिपोर्ट आइरहेको छ।’
पोखरेलले नेपाल प्रहरी भीड व्यवस्थापनमा सक्षम रहेपनि २३ गते प्रहरी अधिकारी नै कसरी त्यस्तो हुन पुग्यो चकित बनेको र त्यो अवस्था सिर्जना भएको देखिएको उनले बताए।
पोखरेलले १० वर्ष माओवादी आन्दोलनमा नभएको क्षति १ दिनमा भएको दाबी गरे। उनले अपराधीलाई दण्डित गर्न एमाले तयार रहेको छ।
प्रतिक्रिया दिनुहोस !