एनपीएल दोस्रो संस्करणमा कर्णालीका मार्क वाटले बनाए पहिलो शतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कर्णाली याक्सका मार्क वाटले पहिलो शतक बनाएका छन्। किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार भइरहेको खेलमा वाटले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका हुन्।
लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि उनले ४१ बलमा १०१ रन बनाए। उनले ४१ बलमा ६ चौका र १० छक्कासहति शतक पूरा गरे।
यो एनपीएलको जारी संस्करणको पहिलो र समग्रमा दोस्रो शतक हो। पहिलो संस्करणमा पोखराका अन्द्रेस गोउसले लुम्बिनीविरुद्ध शतक प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !