अर्थ–वाणिज्य क्षेत्रबाट यी हुन् समानुपातिक उम्मेदवार

अर्थ–वाणिज्य क्षेत्रबाट यी हुन् समानुपातिक उम्मेदवार

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन यही फागुन २१ गते हुँदैछ। निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो। दलहरूले समानुपातिकमा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन्। आउँदो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा करिब आधा दर्जन व्यवसायी पनि समानुपातिक सूचीमा परेका छन्। चर्चित व्यवसायी अनुहारलाई रास्वपाले राजनीतिमा स्थान दिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालदेखि गोल्डस्टारी कार्यकारी निर्देश विदुषी राणा, पूर्वमिस नेपाल एवं उद्यमी अनुष्का श्रेष्ठको नाम पनि रास्वपाको समानुपातिक सूचीमा छ। यस्तै, सूचीमा समीक्षा बाँस्कोटा र लिमा अधिकारी (आचार्य) पनि अटाएका छन्।
नेपाली परिचित जुत्ता ब्रान्ड गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा १२ वर्षभन्दा लामो समयदेखि यस कम्पनीमा आबद्ध छिन्।

गोल्डस्टार ब्रान्डलाई कमब्याक गराउन महŒवपूर्ण योगदान पु¥याएकी उनी नेपालकी सफल महिना उद्यमी पनि हुन्। सफल उद्यमसँगै अब उनी औपचारिक रूपमा नै राजनीतिमा आएकी छिन्। ‘मेरो कहिले पनि राजनीतिमा जाने भन्ने योजना थिएन। काठमाडौंका मेयर बालेन साहको अनुरोधमा समानुपातिक आएकी हुँ,’ उनले अन्नपूर्णसँग भनिन्। सधैं बाहिर बसेर उद्योगको, उत्पादनको, महिला सशक्तीकरणको, रोजगारी, चोरी पैठारीको आवाज उठाइरहेकाले अब नीति निर्माणको तहमा बसेर यसै सम्बन्धमा काम गर्ने उनले योजना सुनाइन्। 

‘बाहिर बसेर यो देश खतम भयो भन्न जति सजिलो छ तर नेतृत्व लिन हामी चाहदैनौं। त्यही भएर आँट गरेको हो। यो एउटा अवसर हो,’ भन्दै राणाले महिला सशक्तीकरण र उद्यमशीलता विकासमा केही योगदान गर्न सक्छु कि भनेर आएको स्पष्ट पारिन्। केही सकारात्मक परिवर्तनका लागि काम गर्छु भन्ने विश्वास उनमा छ।

यता, सचिन ढकाल आईएमई ग्रुपका निर्देशक हुन्। फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सूचीमा परेका छन्। सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन्। युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन्। उनको नाम खस आर्यको २ नम्बर सूचीमा छन्। पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटलहरू सञ्चालनमा छन्। 

समानुपातिमा आफ्नो उम्मेदवारी सम्बन्धमा उनी भन्छन्, ‘मेरो एजेन्डा भनेको खेलकुदको विकास नै हो। यो सेक्टरलाई कसरी अपडेट गर्न सकिन्छ भन्नेमा काम गर्छु। यस क्षेत्रमा नीतिगत सुधार आवश्यक छ। एउटा संस्थाले मात्र गरेर भएन सरकारको तर्फबाट नीतिमा नै यस क्षेत्रको विकासका लागि काम हुनुपर्छ। यसका क्षेत्रको सम्भावना भएको हुँदा पूर्वाधार एवं वातावरण बनाउन आवश्यक छ। ग्रासरुट लेबलदेखि नै यस सेक्टरमा प्रेरित गराउनका लागि नीतिमा जोड दिनेछु।’ युवापुस्ताको नयाँ सोच र विचारलाई बुझेर अघि बढ्ने उनले स्पष्ट पारे।

रास्वपाको समानुपातिक सूचीमा भएको अर्को परिचित नाम हो, अनुष्का श्रेष्ठ। माक्कुुसे लक्जरी मिठाइ ब्रान्डकी सञ्चालक उनी सन् २०१९ को मिस नेपाल पनि हुन्। उनको ब्रान्डले पुस्टकारी, गुदपाक, कुकिज उत्पादन गर्छ भने स्वदेशमा खपतसँगै विदेशमा पनि निर्यात गर्छ।

रास्वपाकै कोषाध्यक्ष लिमा अधिकारी आचार्यको नाम पनि समानुपातिकमा सिफारिस भएको छ। पूर्वअर्थमन्त्री एवं नेकपा एमाले नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी लिमा व्यवसायी सुदीप आचार्यकी श्रीमती हुन्। उनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सञ्चालक समिति सदस्य हुन्।

यस्तै, बास्कोटा ग्रुपकी प्रमुख कार्यकारी अधिकृत समीक्षा बास्कोटामा पनि रास्वपाको समानुपातिक सूचीमा छिन्। उनी विवेकशील साझा पार्टीको अध्यक्ष थिइन्। उनी राष्ट्रिय सहकारी महासंघको पूर्वअध्यक्ष एवं व्यवसायी दीपक प्रकाश बास्कोटाकी छोरी हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.