क्यान्सरको रोकथाम एवं नियन्त्रणका लागि किशोरीलाई नि: शुल्क खोप अभियान

पाठेघरको मुखको क्यान्सरले दैनिक ४ जनाको मृत्यु

पाठेघरको मुखको क्यान्सरले दैनिक ४ जनाको मृत्यु
तस्बिर : सुनीता डंगोल
सुन्नुहोस्

काठमाडौं : दैनिक औसत ४ जना नेपाली महिलाको ज्यान लिइरहेको पाठेघरको मुखको क्यान्सरको रोकथाम एवं नियन्त्रणका लागि किशोरीलाई नि: शुल्क खोप लगाउन थालिएको छ। सरकारले मुलुकभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)खोप अभियान आइतबारदेखि सुरु गरेको हो।nullललितपुरका बालबालिकालाई खोप लगाउँदै । तस्बिर : सुनिता डंगोल

एचपीभीको २ सय १२ भन्दा बढी प्रजाति (सेरोटाइप) पाइएको छ। जसमध्ये १२ प्रजातिले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन्।अझ यसमध्ये पनि १६ र १८ प्रजातिले पाठेघरको क्यान्सरको प्रमुख कारक मानिन्छन्। एचपीभी संक्रमित व्यक्तिको यौनांगको छाला, झिल्ली (म्युकस मेम्ब्रेन) र तरल पदार्थसँगको सम्पर्कबाट सर्न सक्छ। नेपाली महिलालाई हुने स्तन क्यान्सरपछिको दोस्रो प्रमुख क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्छ। मृत्यु हुनेमा भने पाठेघरको क्यान्सर पहिलोमा पर्छ। हरेक वर्ष २४ सयलाई संक्रमण पुष्टि हुने तथ्यांक छ।

३५ देखि ६५ वर्षको उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सर पुष्टि हुने गरेको छ। संक्रमित पुरुषसँग असुरक्षित यौन सम्पर्क गर्दा महिलामा संक्रमण हुने भएकाले यौन सम्पर्क हुनुभन्दा पहिले नै खोप दिँदा बढी प्रभावकारी हुने वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठ बताउँछिन्।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार शरीरमा एचपीभी भाइरससँग लड्ने क्षमता बढ्ने भएकाले किशोरावस्थामै खोप दिन थालिएको हो। डा. गौतम भन्छन्, ‘किशोरीले लगाउँदा एउटै मात्रा (डोज)ले पनि ९८ देखि शतप्रतिशतसम्म काम गर्छ। पछि लगाउँदा खोपको प्रभावकारी पनि घट्ने हुन्छ।’

दैनिक ४ महिलाको मृत्यु
किशोरी हुँदा खोप नलागेकै कारण अहिले पनि दैनिक औसत ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरकै कारण मृत्यु हुने गरेको डा.गौतमले जानकारी दिए। ‘पाठेघरको मुखको क्यान्सर निवारणतर्फ लक्षित गर्दै खोप अभियान सुरु गरिएको हो,’ खोप शाखा प्रमुख डा. गौतमले भने, ‘एचपीभी संक्रमणको चेनलाई ब्रेक गर्नु पर्ने छ। स्क्रिनिङ एवं रोग पहिचान भएमा समयमै उपचार गर्नु जरुरी हुन्छ। सन् २०३० सम्ममा निवारण उन्मुख हुने छौं।’

सरकारले आर्थिक वर्ष २०७२/७३ मा गाभीको सहयोगमा कास्की र चितवन जिल्लामा डेमोन्सटेसन कार्यक्रम सुरु गरी एचपीभी खोप लगाएको थियो। आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने व्यवस्था थियो।

सरकारले गत वर्ष पनि ३ लाख किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप कार्यक्रम सञ्चालन गरेको थियो। खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत वर्ष ९४ प्रतिशत किशोरीले खोप लगाएका थिए। ‘लक्षित जनसंख्यामा सतप्रतिशत लगाउन सकिएन।

६ प्रतिशत किशोरीहरू खोपबाट वञ्चित भए,’ डा. गौतम भन्छन्, ‘यसपटक छुटेका किशोरीहरूलाई खोप लगाइने छ।’ खोप लगाउन छुट्नुका कारण समय नपाएको र कतिपयको अभिभावकले नै छोरीलाई खोप लगाउन नपठाएको पाइएको छ।

त्यस्तै, कतिपयले भ्रमका कारण पनि खोप लगाउन आनकानी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वर्ष १६ लाख किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएको थियो। तर, झन्डै १५ लाख ४ हजार किशोरीले मात्र खोप लगाएका थिए।

सरकारले यस वर्ष ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ। ६ देखि १० कक्षामा अध्ययनरत किशोरीहरूलाई खोप दिइने खोप शाखा प्रमुख गौतमले जानकारी दिए। पाठेघरको मुखको क्यान्सर निवारणका लागि कम्तीमा ९० प्रतिशतले खोप लगाइसकेको हुनुपर्छ।null

सरकारले गत वर्ष नै ९४ प्रतिशतलाई खोप दिइसकेकाले रोग निवारणतर्फ उन्मुख भएको डा. गौतमले बताए। ‘विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई पनि खोप दिइने छ,’ उनले भने, ‘विद्यालय बाहिर रहेका किशोरीहरूले विद्यालयमै पनि खोप लगाउन सक्छन्। नजिकै पायक पर्ने स्वास्थ्य संस्थामा पनि खोप लगाउन सक्छन्।’  यसपटक पनि खोप लगाउन छुटेका किशोरीलाई आगामी वर्ष खोप लगाउन पाउने सम्भावना न्यून रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।null

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट मान्यताप्राप्त सिकोलिन खोप किशोरीहरूलाई दिन थालिएको हो। चीनमा उत्पादित यो खोप औषधि व्यवस्था विभागमा समेत दर्ता भएको छ। नि: शुल्क दिन लागिएको यो खोप गत वर्ष (गाभी) ले नै उपलब्ध गराएको थियो। यस वर्ष गाभी र सरकार सहलगानीमा खरिद गरिएको हो। यही खोप निजी क्षेत्रमा पनि लगाइने गरिएको छ। जसको मूल्य ६ हजार रुपैयाँभन्दा बढी पर्ने गरेको छ।

हिमाली जिल्लामा चैत/वैशाखमा खोप लगाइने
मुगु, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङमा हिउँ परिरहेकाले एचपीभी खोप अभियान एक महिनापछि सञ्चालन गरिने भएको छ। खोप शाखा प्रमुख गौतमका अनुसार हिमाली भेगको माथिल्लो जनसंख्या बसाइँ सरेर तल्लो भेगमा बसोबास गर्न थालेकोले चैत÷वैशाखमा एचपीभी खोप दिइने छ।

‘अहिले खोप सञ्चालन गर्दा सबै किशोरीलाई एकैचोटी समेट्न नसकिने भएकाले हिमाली क्षेत्रमा खोप लगाउने कार्यपछि सरेको हो,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.