गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपा र कांग्रेसको संयुक्त चुनाव प्रचार

गोरखामा बाबुराम भट्टराई आवद्ध प्रलोपा र कांग्रेसको संयुक्त चुनाव प्रचार

गोरखा : डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र नेपाली कांग्रेसले संयुक्त रुपमा चुनाव प्रचार प्रसार गरेका छन् । केही दिनअघि दुई पार्टीको जिल्ला कार्य समितिको संयुक्त बैठकले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेपछि आइतबारदेखि संयुक्त चुनाव प्रचार प्रसार टोली बनाई घरदैलोमा खटिएका हुन् ।

सोमबार बिहानैदेखि उनीहरु पालुङ्टार नगरपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिरहेका छन् । संयुक्त टोलीले प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशचन्द्र दवाडीका लागि र समानुपातिकतर्फ आ–आफ्ना चुनाव चिन्हमा मत मागेका हुन् । 
 

प्रलोपाका गोरखा जिल्ला अध्यक्ष नारायण खत्रीको नेतृत्वको प्रचार प्रसार टिममा सो पार्टीका समानुपातिक उम्मेद्वार लालबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य यानप्रसाद भट्ट, अमृत आचार्य लगायतका छन् भने  नेपाली कांग्रेसका सो क्षेत्रका प्रत्यक्षतर्फका उम्मेद्वार प्रकाशचन्द्र दवाडी लगायत घरदैलो अभियानमा छन् । 

कांग्रेसको प्रचार अभियानमा खटिएका प्रलोपाका जिल्ला अध्यक्ष खत्रीले आफ्ना मतदातासँग  बिगतमा कांग्रेसले आँखा चिन्हमा भोट दिएको सम्झेर अहिले रुखमा मतदान गर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरिरहेका छन् । साथै स्थानीय तहको चुनाव र प्रदेशको चुनावसम्म पनि कांग्रेससँग सहकार्य हुनसक्ने सम्भावना सम्झेर मतदान गर्न आग्रह गरेका छन् ।

‘नेपाली कांग्रेससँग स्थानीय तहको चुनाव र प्रदेशसम्म सहकार्य गर्ने सहमति भएको छ । त्यसलाई कार्यान्वयन गर्नेछौँ’, खत्री भन्छन, ‘हाम्रो विचारलाई स्थापित गर्न त्यही ढंगले लाग्नु हुनेछ भन्ने विश्वास छ ।’ यसअघि २०७४ को चुनावमा पनि तत्कालीन नयाँ शक्तिले कांग्रेससँगै गठबन्धन गरेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.