कपिलवस्तु २ मा रास्वपाका विक्रम सिंह थापा विजयी
फागुन २३, २०८२ शनिबार २३:२३:१४
कपिलवस्तु : कपिलवस्तु २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम सिंह थापा विजयी भएका छन्। उनले २७ हजार ६३५ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत ल्याए। थापाले ६ हजार १०८ मतान्तरले विजयी भएका हुन्।