बिर्तामोडका होटलमा यौनधन्दा र लागूऔषध कारोबार बढेपछि प्रहरीको ‘सर्च अप्रेशन’, १६ जना पक्राउ

बिर्तामोडका होटलमा यौनधन्दा र लागूऔषध कारोबार बढेपछि प्रहरीको ‘सर्च अप्रेशन’, १६ जना पक्राउ
सुन्नुहोस्

झापा : पछिल्लो समयमा झापाको बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी ‘एक्सन’ मा उत्रिएको छ । यौनधन्दा र लागूऔषध कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी निगरानी समेत बढाएको छ ।  

त्यस क्रममा गए राति ९ः४५ बजे अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित राईमान होटल एन्ड लजबाट शंकास्पद अवस्थामा भेटिएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्दा शंकास्पद अवस्थामा फेला पारी पाँच युवतीसहित १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा १८ देखि २४ वर्ष उमेरका युवतीहरू छन् । त्यस्तै ग्राहकका रुपमा भेटिएका चार भारतीय र एक नेपाली पुरुष पनि नियन्त्रणमा रहेको जनाइएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

चार दिनअघि पनि बिर्तामोड बसपार्क होटलबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । होटलमा शंकास्पद अवस्थामा भेटिएका उनीहरूको साथबाट लागूऔषध समेत भेटिएको थियो । बिर्तामोड बसपार्कका करिब दुई दर्जन होटलहरुमा यौन धन्दा हुने गरेको जनगुनासो छ । त्यस्तै सैनिक मोडमा सञ्चालित होटलहरुमा पनि यौन धन्दा हुने गरेको छ ।

युवती राखेर यौन व्यवसाय गर्नकै लागि बिर्तामोड र सैनिक मोडका धेरै होटलहरु सञ्चालनमा छन् । प्रहरीले निगरानी बढाएसँगै अहिले होटलहरुमा युवती नराखी होटल सञ्चालकहरूले ग्राहकको इच्छा बमोजिम बाहिरबाटै युवती मगाइ दिएर व्यवसाय जारी राखेको बताइन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.