ज्येष्ठ नागरिकलाइ निः शुल्क निमोनिया विरुद्धको खोप
रसुवा : रसुवाको गोसाईकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकलाई पहिलो पटक निःशुल्क निमोनियाविरुद्धको खोप लगाउन सुरु गरको छ ।
जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने जोखिमबाट बचाउनका लागि गाउँपालिकाले करिब ४५ लाख रुपैंयाँमा फाइजर कम्पनीकोे खोप खरिद गरी निःशुल्क लगाउन लागेको हो ।
ज्येष्ठ नागरिकप्रतिको गोसाईकुण्ड गाउँपालिकाकोे सम्मानसहित यस बर्ष वडामा दर्ता भएका ७० वर्ष माथिका ज्येष्ठ नागरिकसहित ‘क’ र ‘ख’ बर्गका अपाङ्गता भएका नागरिक तथा नेपाल सरकारले तोकको जटिल किसिमका रोगीले यो निःशुल्क निमोनिया विरुद्धको खोप लगाउन पाउने गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिए ।
गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिमल घिमिरेका अनुसार छ वटा वडाका सात सय जना ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनिया विरुद्धको खोप दिन लागिएको हो । निमोनियाको खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनिया ब्याक्टेरियाको संक्रमणबाट बच्न खोल लगाउन थालिएको हो । सबै वडाका स्वास्थ्य संस्थालगायत ४३ स्थानमा केन्द्र निर्धारण गरी खोप अभियान संन्चालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस !