रैथाने गाई संरक्षण र कृषकलाई प्रोत्साहन

रैथाने गाई संरक्षण र कृषकलाई प्रोत्साहन
सुन्नुहोस्

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ ले स्थानीय स्तरमा लोकल तथा रैथाने गाईपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई विभिन्न सामग्री वितरण गरेको छ। कृषि तथा पशु प्रवर्धन कार्यक्रमअन्तर्गत वडाभित्रका लोक्कल गाई पाल्ने कृषकलाई दाना खुवाउने भाडा, भिटामिन, मिनरल तथा अन्य आवश्यक औषधि प्रदान गरिएको हो।

वडा कार्यालयले केही समयअघि सूचना जारी गरी वडाभित्र लोक्कल गाई पाल्ने कृषकबाट निवेदन आह्वान गरेको थियो। प्राप्त निवेदन तथा प्राविधिक मूल्यांकनको आधारमा छनोट गरिएका कृषकलाई दाना पकाउने तथा खुवाउने डेक्ची, दूध दुहुने बाल्टी, भिटामिन, मिनरल, लिभर टोनिक ट्याब्लेट, जुका तथा माटेको औषधिलगायत सामग्री वडाभित्रका २१ कृषकलाइ वितरण गरिएको वडाध्यक्ष माधव श्रेष्ठले बताए। स्थानीय स्तरका रैथाने गाई संरक्षण र उत्पादन बढाउने उद्देश्यले कृषकलाई प्रोत्साहन स्वरूप यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।

सामग्री पाएपछि कृषकहरू निकै उत्साहित देखिएका छन्। उनीहरूले यसले गाईको स्वास्थ्य सुधार गर्न र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन्। कृषकहरूले स्थानीय सरकारबाट यस्ता सहयोग कार्यक्रमले गाउँमै कृषि तथा पशुपालनमा लाग्न थप हौसला मिलेको कृषक मणिराम पराजुलीले बताए। सन्धिखर्क नगरपालिकाको कृषि शाखाका प्रमुख नारायणप्रसाद खनालले कृषकलाई गाईलाई औषधि तथा भिटामिन खुवाउने सही समय र विधिका बारेमा जानकारी गराएका थिए। उनले पशु स्वास्थ्य राम्रो राख्न नियमित रूपमा मिनरल र भिटामिन प्रयोग गर्नुपर्ने तथा आवश्यक औषधि समयमै प्रयोग गर्नुपर्ने बताए। 

यसले गाईको रोग प्रतिरोधात्मक क्षमता बढाउने र दूध उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो। स्थानीय कृषकलाई पशुपालनमा प्रोत्साहित गर्न वडाले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्ष वडाभित्र रहेका हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप नगद सहयोग प्रदान गरिएको वडा सदस्य बाबुराम पन्थीले बताए। 

यस वर्ष भने लोकल गाईपालनलाई लक्षित गरी मिनरल, भिटामिन तथा विभिन्न आवश्यक सामग्री वितरण गरिएको वडासचिव तुलसा श्रेष्ठले बताइन्। कृषकलाई कार्यक्रम स्थलसम्म आउन सहज होस् भन्ने उद्देश्यले प्रतिकृषक २ सय रुपैयाँ गाडी भाडासमेत प्रदान गरिएको सुनाइन्। स्थानीय स्तरका रैथाने गाईको संरक्षणसँगै उत्पादन बढाउने उद्देश्यले गरिएको यो कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.