दिपेन्द्रसिंह ऐरी जेबी ब्रुजेसबाट इयू टी–२० बेल्जियम लिग खेल्ने
काठमाडौं : नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले जेबी ब्रुजेसबाट इयू टी–२० बेल्जियम लिग खेल्ने भएका छन् । ब्रुजेसले शुक्रबार सामाजिक सञ्जालमार्फत दिपेन्द्र अनुबन्ध भएको सार्वजनिक गरेको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्ससँग आबद्ध रहेको ब्रुजेसले यसअघि पनि विदेशी खेलाडी आवद्ध गरिसकेको छ । ब्रुजेसले न्यूजिल्यान्डका कोलिन मुन्रो र दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनलाई टिममा अनुबन्ध गरिसकेको छ ।
इयू टी–२० बेल्जियम लिगमा ६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस लिगको ड्राफ्टमा १८ नेपाली खेलाडी समावेश हुनेछन् । इयू टी–२० को अर्को टोली लियेज रेड लायन्सले यसअघि नै नेपाली स्पिनर सन्दीप लामीछानेलाई प्रि साइनिङमार्फत अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस !