बागमतीले मधेसलाई दियो २०९ रनको लक्ष्य
वीरगन्ज : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी खेलमा बागमती प्रदेशले मधेसलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नारायणी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०८ रन जोडेको हो ।
बागमतीका लागि उत्तम मगरले सर्वाधिक ४४ रन बनाए भने कप्तान सन्दीप लामिछानेले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३६ रन जोडे । सन्दीपले एक छक्का र चार चौका प्रहार गरे । यसैगरी ओपनर रिङझिङ लामाले २९ र आशुतोष घिरैयाले १८ रन बनाए ।
मधेसका पवन सर्राफले तीन विकेट चट्काउँदा आदिल आलम र रञ्जित कुमारले दुई-दुई विकेट लिए । यसैगरी प्रदीप पासवान, विशाल पटेल र अरनिको यादवले एक-एक विकेट लिए । जारी प्रतियोगितामा मधेस ९ अंकसहित तालिकाको चौथो स्थानमा छ भने बागमती ६ अंकका साथमा सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस !