वरिष्ठ प्रहरी हवल्दार घुस रकमसहित पक्राउ

वरिष्ठ प्रहरी हवल्दार घुस रकमसहित पक्राउ
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

वरिष्ठ हवल्दार थापा क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भनि सेवाग्राहीबाट घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नगद रकमसहित पक्राउ गरेको हो । शनिबारका दिन पक्राउ गरिएका थापा क्षेत्रमाथि अथप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.