अमेरिका र स्कटल्यान्डको सिनियर टोलीविरुद्ध नेपाल ‘ए’ को उत्कृष्ट प्रदर्शन

अमेरिका र स्कटल्यान्डको सिनियर टोलीविरुद्ध नेपाल ‘ए’ को उत्कृष्ट प्रदर्शन

काठमाडौं : अमेरिका र स्कटल्यान्डसँगको ४ खेलमा ४ जितसहित नेपाल ‘ए’ले उत्कृष्ट प्रदर्शन गरेको छ। अन्तिम खेलमा अमेरिकालाई ७ रनले पराजित गरेको हो। 

माथिल्लो मूलपानी मैदानमा अन्तिम अभ्यास खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको  नेपाल ‘ए’ ४९.५ ओभरमा २६४ रन बनाउँदै अलआउट भएको हो। 

नेपाल ‘ए’ले दिएको २६५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाका ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो। अमेरिकाको लागि सेहान जयसुरियाले सर्वाधिक ७१ रनको पारी खेले। उनले ६७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। 

ओपनरद्वय स्मित पटेलले ३३ र शायान जहाङ्गिरले ४१ रनको पारी खेले। साइतेजा रेड्डी मुक्कामल्लाले १६ र मिलिन्द कुमारले ११ रन बनाए। 

शुभम रञ्जानेले ४७ रन बनाउँदा त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ प्रदर्शन गरे। नेपालको लागि चाहिएको अवस्थामा विकेट निकाल्दै उनले नेपाललाई जित दिलाउन महत्वपूर्ण बलिङ प्रदर्शन गरे। उनले ७.१ ओभरमा १ मेडनसहित ३० रन खर्चिएर ४ विकेट लिए। वसिर अहमदले ३ विकेट लिए। साहब आलम र पवन सर्राफले १-१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको नेपाल ‘ए’को लागि सन्दीप जोराले सर्वाधिक १११ रनको शतकीय पारी खेले। उनले ११५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका हुन्। उनले पाँचौं विकेटको ललागि वसिर अहमदसँग ९९ रनको साझेदारी बनाएका थिए। 

ओपनरद्वय तृतराज दास र अनिल शाहले समान ९/९ रन बनाए। मयन यादवले २४, वसिर अहमदले ३८, पवन सर्राफले २० र नारायण जोशीले १६ रन बनाए। 

अमेरिकाको लागि सौरव नेत्रभल्करले सर्वाधिक ३ विकेट लिए। जसदिप सिंहले २ विकेट लिँदा सुभम रञ्जाने, मोहम्मद मोसिन, मिलिन्द कुमार र रुसिल उगारकारले १-१ विकेट लिए। 

नेपाल ‘ए’ले यसअघिको तीन वटै अभ्यास खेलमा जित दर्ता गरेको थियो। नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ४६ रनले हराएको थियो। दोस्रो खेलमा अमेरिकालाई ३ विकेटले हराएको थियो। तेस्रो खेलको बीचमा वर्षाले खेल रोकिँदा नेपालले डिएलएस पद्धतीमा ९ रनले जित दर्ता गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.