पोर्चुगल ५ गोलले विजयी, हारसँगै विश्वकपबाट बाहिरियो उज्वेकिस्तान
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोचुर्गलले उज्वेकिस्तानलाई ५–० ले हराएको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–० को अग्रता बनाएको पोचुर्गलले दोस्रो हाफमा थप २ गोल गर्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे।
खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलले अग्रता बनाएको थियो। दायाँतर्फबाट आएको क्रसलाई उनले गोलमा परिणत गरेका हुन्। छैटौं विश्वकप खेलिरहेका उनले विश्वकपमा नवौं गोल गरेका हुन्।
खेलको १७ औं मिनेटमा पोर्चुगलले पेनाल्टी बक्स बाहिर पाएको फ्रि किकमा गोल गरेको हो। पोचुर्गलका लागि नुनो मेन्डेसले गोल गरेका हुन्। खेलको २९ औं मिनेटमा पोर्चुगललाई उज्वेकिस्तानविरुद्ध गोल गरेको थियो। तर उक्त गोल अगाडी फाउल हुँदा उक्त गोल भार(भिडियो रेफ्रि) बाट अनाधिकृत घोषणा गरिएको हो।
खेलको ३९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले व्याक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे। पहिलो हाफमा ३–० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा २ गोल थप गर्दै उज्वेकिस्तानमाथि फराकिलो जित दर्ता गरेको हो।
खेलको ६० औं मिनेटमा पोर्चुगलले आत्मघाती गोलमार्फत १ गोल उपहार पायो। उज्वेकिस्तानका गोलकिपर अब्दुभोखिद नेमातोभले आत्मघाती गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाए। गोल रोक्न लडेका गोलकिपरको पन्जामा लाग्दै बलले गोल लाइन क्रस गरेको हो।
खेलको ८७ औं मिनेटमा राफेल लिओले गोल गर्दै पोर्चुगललाई ५–० को स्थितीमा ल्याएका हुन्। यो खेलमा पोर्चुगलसँग फराकिलो हार बेहोर्दा उज्वेकिस्तान भने विश्वकपबाट बाहिरिएको हो।
पहिलो खेलमा डिआर कंगोसँग १–१ बराबरी खेल्दै अंक बाँडेको थियो। उज्वेकिस्तानले भने पहिलो खेलमा कोलम्बियासँग ३–१ ले हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस !