पाल्हीनन्दनकी उपाध्यक्षको पद गयो, लुम्बिनीका मन्त्रीसहित पाँच जनप्रतिनिधि कारबाहीको सूचीमा

पाल्हीनन्दनकी उपाध्यक्षको पद गयो, लुम्बिनीका मन्त्रीसहित पाँच जनप्रतिनिधि कारबाहीको सूचीमा
सुन्नुहोस्

परासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीको पद गएको छ । निर्वाचन आयोगले उनको पद रिक्त भएको सूचना आजको गोरखापत्रमा निकालेर जनाएको हो । 

आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा नियमावलीअनुसार सम्बन्धित दलबाट प्राप्त जानकारी र निर्णयका आधारमा निर्वाचित पद स्वतः रिक्त भएको जनाएको हो । फातुमा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा उनले आफ्ना दलका उम्मेदवारलाई हराउनका लागि अन्य दलका उम्मेदवारलाई भोट मागेको भन्दै पार्टीको जिल्ला अनुशासन समितिले कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिदिन केन्द्रमा पत्र पठाएको थियो । केन्द्रको निर्णयअनुसार आयोगले उनको पद रिक्त भएको जनाएको हो । 

उनीसँगै जुम्ला गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, रुपन्देही बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालको पनि पद रिक्त भएको आयोगको सूचनामा जनाइएको छ । निर्वाचित जनप्रतिनिधिहरु अन्य दलमा प्रवेश गरेकोबारे सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी पठाएपछि उनीहरुको पद रिक्त हुने कानुनी व्यवस्था छ । 

यसैबीच फातुमासहित नवलपरासीबाट ४३ जना नेता–कार्यकर्तालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको थियो । जसमा फातुमासहित ६ जना निर्वाचित जनप्रतिनिधिहरु रहेका छन् । कारबाहीका लागि सिफारिस गरिएका अन्य जनप्रतिनिधिमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, बर्दघाट नगरपालिका–१० का वडाध्यक्ष राजु मिश्र, वडा नम्बर ९ का वडा सदस्य बालिन्द्र विक्रम शाही र सुनवल नगरपालिका–२ का वडा सदस्य विकास क्षेत्री रहेको जिल्ला सचिव उमेशचन्द्र यादवले जानकारी दिए । कारबाहीका लागि सिफारिस भएका उनीहरुले खुलेर रास्वपाका उम्मेदवारलाई भोट मागेको आरोप छ ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.