रास्वपा महाधिवेशन : प्रतिनिधि घटे, ३ हजार ८४९ कायम
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका निम्ति ३,८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि ३, ८४९ प्रतिनिधि निर्धारण गरिएको जानकारी दिए।
चितवनमा जारी महाधिवेशनको बन्दसत्र रास्वपाका दिउँसो २ बजेबाट सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको बताए ।
उनका अनुसार महाधिवेशनको प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगबाट प्रतिनिधि परिचयपत्र व्यक्तिगत डिजिटल प्रिन्ट भएर आउन समय लाग्ने भन्ने जानकारी गराएकाले प्रतिनिधि दर्ताको लागि अस्थायी परिचयपत्र (कुपन)को वैकल्पिक व्यवस्था गरेर प्रतिनिधि दर्ता खुल्ला गरिएको छ।
महामन्त्री बुर्लाकोटीले बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, दिउँसो २ : ३० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी ३ बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने, ३ : ४५ बजे पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव गर्ने र अनुमोदन गरिने छ।
महामन्त्री बुर्लाकोटीले अपरान्ह ४ : ४५ मा उपसभापति स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना, पार्टी सभापति रवि लामिछानेले दिउँसो ५: १५ राजनीतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले ६ : ३५ बजे अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !