जोसँग विवाह हुँदै थियो, उसैको हत्या : भावी दुलहीले प्रेमीसँग मिलेर रचेको खतरनाक षड्यन्त्र

जोसँग विवाह हुँदै थियो, उसैको हत्या : भावी दुलहीले प्रेमीसँग मिलेर रचेको खतरनाक षड्यन्त्र

भारत : सोनम रघुवंशी तपाईंलाई याद नै होला । हो... त्यही सोनम जसलाई आफ्नो पतिलाई धक्का दिएर मारेमने आरोप लागेको थियो । त्यस्तै किसिमको एउटा घटना अब पुणेबाट बाहिर आएको छ । यहाँ पात्रहरू फरक छन् । सोनमले विवाहपछि घटना गराएकी थिइन् भने यहाँ विवाह अघि नै यस्तो घटना भएको हो ।

लोहागढ किल्लामा केतन विशाल अग्रवाल (२६) को मृत्यु प्रेम षड्यन्त्रमा आधारित हत्या भएको खुलासा भएको छ । प्रहरी अनुसन्धान अनुसार केतनलाई उनकी भावी दुलही (मंगेतर) सिया गोयल र उनका प्रेमी चेतन चौधरीले किल्लाको भीरबाट धकेलेर हत्या गरेका थिए । १९ जुनमा भएको यो घटना वास्तवमा हत्याको तेस्रो र सफल प्रयास भएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार, यसअघि ३१ मे र १४ जुनमा पनि उनीहरूले केतनलाई मार्ने प्रयास गरेका थिए, तर असफल भएका थिए । दुवै पटक घटनालाई दुर्घटनाको रूपमा देखाउने योजना थियो । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा सिया गोयल र उनका साथीलाई पक्राउ गरिएको छ । घटनाको समयमा दुवै जना घटनास्थलमै उपस्थित थिए । मोबाइल रेकर्ड, डिजिटल प्रमाण तथा अन्य प्राविधिक प्रमाणहरूले यो दुर्घटना नभई योजनाबद्ध हत्या भएको पुष्टि गरेको छ ।

पहिले नै हत्या गर्ने योजना थियो
बताइएअनुसार केतन अग्रवाल आफ्नी मंगेतर सिया गोयल र साथीहरूसँग लोहागढ किल्ला गएका थिए । अर्को महिनामा हुने विवाहअघि सियाको जन्मदिन मनाउने योजना थियो । प्रहरीका अनुसार सिया गोयलको चेतन चौधरीसँग अवैध सम्बन्ध थियो र उनी केतनसँग विवाह गर्न चाहँदैन थिइन् । परिवारले तय गरेको सम्बन्ध तोड्न उनले चेतनसँग मिलेर हत्या योजना बनाएकी थिइन् ।

पहिलो प्रयास ३१ मेमा भएको थियो । त्यसपछि १४ जुनमा सर्पले आक्रमण गरेको बहानामा केतनलाई भीरमा धकेल्ने प्रयास गरिएको थियो, तर असफल भयो । अन्ततः १९ जुनमा सियाले फेरि किल्ला भ्रमणको योजना बनाइन् र चेतनलाई बोलाएर केतनलाई करिब ३५० फिट गहिरो भीरमा धकेलिएको बताइएको छ ।

अनुसन्धान कसरी अघि बढ्यो ?
सुरुमा प्रहरीले यसलाई दुर्घटना मानेर मुद्दा दर्ता गरेको थियो । केतन फोटो खिच्दै गर्दा भीरबाट चिप्लिएर खसेको अनुमान गरिएको थियो । तर सिया गोयलसँगको सोधपुछमा केही कुराहरू लुकाइएको पाइएको थियो । त्यसपछि उनको मोबाइल, सामाजिक सञ्जाल, लोकेसन डाटा र अन्य डिजिटल प्रमाणहरूको अनुसन्धान गर्दा घटनाको वास्तविकता खुल्यो । त्यसपछि प्रहरीले तत्काल कारबाही गर्दै सिया र उनकी साथीलाई पक्राउ ग¥यो । हाल प्रहरीले यस घटनामा अरू कोही संलग्न छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान जारी राखेको छ । 

केतनको परिवारलाई ठूलो झटका
केतनको परिवारका एक सदस्यका अनुसार विवाहअघि दुवै जना बाली जाने योजना थियो । सबै टिकट र होटल बुक भइसकेका थिए, तर सियाले होटलको बाथरूममा आफ्नो पासपोर्ट च्यातेर फ्याँकेकी थिइन् र योजना रद्द गरेकी थिइन् ।

उनीहरूले थप बताएअनुसार केतनले महाबलेश्वरमा सियाको जन्मदिनका लागि लक्जरी रिसोर्टमा ४० वटा कोठा पनि बुक गरेका थिए । लोहागढमा प्रि–वेडिङ फोटोसुटको पनि योजना थियो । परिवार अहिले गहिरो शोकमा छ र उनीहरूले भनेका छन्, ‘हामीले यस्तो हत्या हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.