सैनिक हत्या प्रकरणमा पाकिस्तानी मानवअधिकारवादी कार्यकर्तालाई आजीवन कारावास

सैनिक हत्या प्रकरणमा पाकिस्तानी मानवअधिकारवादी कार्यकर्तालाई आजीवन कारावास

पाकिस्तान : पाकिस्तानको बलुचिस्तान प्रान्तमा जबरजस्ती बेपत्ता पारिएका घटनाविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएकी एक प्रमुख मानवअधिकारवादी कार्यकर्तालाई २०२४ मा भएको एक र्‍यालीमा एक अर्धसैनिक सैनिकको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ ।

बलुचिस्तान युनिटी कमिटीकी नेता महरङ बलोचलाई उनका सहकर्मी सिब्घतुल्लाहसँगै हत्या र आतंकवादको मुद्दामा दोषी ठहर गरिएको हो । अभियोजकहरूले दुवै जनाले एक भीडलाई उक्साएको र सोही भीडले अर्धसैनिक सैनिक शब्बीर अहमदमाथि आक्रमण गरी उनको हत्या गरेको आरोप लगाएका छन् ।

तर अभियुक्तहरूले आरोप अस्वीकार गर्दै आफूहरू निर्दोष रहेको दाबी गरेका छन् र आफ्नो कानुनी टोलीसहित मुद्दा बहिष्कार गरेका थिए ।  एक सुरक्षा अधिकारीका अनुसार ग्वादर बन्दरगाह शहरमा भएको प्रदर्शनका क्रममा महरङ बलोचले ‘उत्तेजक भाषण’ दिएकी थिइन्, जसपछि ३०–४० जनाले सैनिकको सवारीसाधनमा लाठी र ढुंगा प्रहार गरेका थिए ।

उनको भनाइअनुसार शब्बीर अहमद अन्य सुरक्षाकर्मीहरूबाट छुट्टिएर पछि कुटपिट गरी मारिएका थिए । क्वेटास्थित एक आतंकवाद–निरोधी अदालतले महरङ बलोच र सिब्घतुल्लाह ‘बलुच युनिटी कमिटीको गैरकानुनी भेला र संघीय कन्स्ट्याबुलरी अधिकारीको हत्यामा समान उद्देश्यसहित संलग्न थिए’ भनेर ठहर गरेको छ ।

अदालतले उनीहरूलाई आजीवन कारावासको सजाय सुनाउँदै २००,००० पाकिस्तानी रुपैयाँ (करिब पाउण्ड ५४३ ÷ ४७१९) जरिवाना पनि तोकेको छ, जुन रकम शब्बीर अहमदका परिवारलाई दिनु पर्नेछ । स्थानीय मिडियाका अनुसार दुवै जना पहिले नै विभिन्न आरोपमा दुई वर्षदेखि हिरासतमा छन् । पाकिस्तान मानव अधिकार आयोगले यस फैसलाको तत्काल पुनरावलोकन गर्न माग गरेको छ ।

आयोगले राज्यले आधारभूत मानव अधिकारका पक्षधरहरूलाई चरमपन्थीसँग समान व्यवहार गर्ने नीति जारी राखेको भन्दै यसले ‘एकपक्षीय र पक्षपातपूर्ण प्रशासनिक तथा न्यायिक निर्णयहरू’ निम्त्याएको बताएको छ । महरङ बलोचकी बहिनी तथा वकिल नादिया बलोच र अन्य कानुनी टोलीले पनि उनीहरूलाई उचित कानुनी प्रक्रिया नदिइएको भन्दै फैसलालाई अस्वीकार गरेका छन् ।

उनीहरूले यो फैसला ‘चेहरा नदेखिने अदालत’ बाट आएको र प्रतिरक्षा पक्षका वकिलहरूले भिडियो लिंकमार्फत गवाही दिने साक्षीहरूलाई ठीकसँग जिरह गर्न नपाएको आरोप लगाएका छन् । स्विडेनी वातावरण तथा मानव अधिकार अभियन्ता ग्रेटा थनबर्गले पनि यस मुद्दाको आलोचना गर्दै यसलाई ‘न्यायको उपहास’ भएको र ‘पूर्ण गोप्य रूपमा गरिएको प्रक्रिया’ भन्दै पाकिस्तानले असहमति दबाइरहेको आरोप लगाएकी छन् ।

बलुचिस्तान सरकारका एक प्रवक्ताले भने अभियोजन पक्षसँग ‘अस्वीकार्य प्रमाण’ रहेको र यो मुद्दा राजनीतिक नभएको बताएका छन् । महरङ बलोच, जसलाई २०२४ का लागि द्यद्यऋ को १०० ध्यmभल मा पनि समावेश गरिएको थियो, उनले २००९ मा आफ्ना बुबालाई सुरक्षा निकायले उठाएको र दुई वर्षपछि यातनाका संकेतसहित मृत फेला परेको घटनापछि अभियान सुरु गरेकी थिइन्।

सन् २०२३ को अन्त्यतिर उनले बेपत्ता परिवारका सदस्यहरूको न्यायका लागि करिब १,६०० किलोमिटर लामो पैदल यात्रा गर्दै इस्लामाबादसम्म हजारौं महिलाको नेतृत्व गरेकी थिइन्। उनको संगठन द्यथ्ऋ ले बलुचिस्तानमा जबर्जस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्या विरुद्ध अभियान चलाउँदै आएको छ। पाकिस्तानी सरकारले द्यथ्ऋ लाई बलुच विद्रोही समूहसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ, जसलाई संगठनले अस्वीकार गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.