फास्ट ट्र्याकका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन
काठमाडौं : सरकारले काठमाडौं-तराई द्रूतमार्गको लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै फास्ट ट्र्याकका लागि आगामी आर्थिक वर्षमा ४० वटा पुल बनाइने बताए।
त्यस्तै करिब साढे ५ किलोमिटर सुरुङमार्ग र लिंकरोड पनि निर्माण गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस !